सञ्चार मन्त्रीको हास्यास्पद जवाफ, महासचिव विष्णु पौडेल त ठगीमा पर्नुभयो

झुक्याएर जग्गा बेच्नेलाई कारबाही र पीडित बनेकालाई क्षतिपूर्ति भराउने

Gokul baskota 21

काठमाडौं । बालुवाटार त्यसमा पनि प्रधानमन्त्री निवासभित्रैको जग्गा किनबेच हुन्छ भनेर कसले पत्याउँछ र ? त्यसमा पनि नेकपाका महासचिव विष्णु पौडेल नै यसमा सहभागी होलन् भनेर झन पत्याउने कुरै भएन ।

बालुवाटारमा रहेका प्रधानमन्त्री निवास र प्रधानन्यायाधीस निवास क्षेत्रकै ललिता निवासको जग्गा किनबेचमा सरकारले रोक लगाइसकेको भनिएको थियो । तर, ललिता निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले समेत किनेको पाइएपछि निक्कै हल्लीखल्ली मच्चिएको छ । यतिसम्मकी सरकारका प्रबक्ताले नै त्यसको बचाउ गर्न बाध्य भएका छन् ।

यतिसम्मकी सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा किनबेचमा पीडित बनेकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने दावी पनि गरेका छन् । ‘नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसक्नुभएको छ । उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । कसैको नाममा भइसकेको जग्गा किनेको हुँ भन्नुभएको छ’ उनले भने, ‘उहाँले त ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन ।’

नक्कली कागज बनाएर प्रारम्भिक तहमा जसको नाममा जग्गा आयो र जसले त्यसमा भूमिका खेले, उनीहरुमाथि कारबाही हुने उनले बताए । मन्त्री बास्कोटाले भने, उहाँ (पौडेल) त पीडित भइसक्नुभो । उहाँले जग्गा किन्नुभयो, जग्गा परेछ नक्कली ।’

उनले नक्कली कागजात खडा गरेर जग्गा बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले जग्गा किनबेचबारे छानबिन गर्न बनेको शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसअनुसार त्यहाँको जग्गा यसअघि नै सरकारले किनबेचमा रोक्का लगाइसकेको पनि बताए ।

नक्कली कागजातका आधारमा झुक्याएर जग्गा बेच्नेलाई कारबाहीको दायरामा ल्याएर त्यसबाट पीडित बनेकालाई क्षतिपूर्ति भराउने पनि उहाँले बताए ।

‘सत्तारुढ दलका महासचिव हुँदैमा यदि फर्जी काममा विष्णु पौडेल रहेको फेला परे उहाँ पनि कारबाहीको दायरामा पर्नुहुन्छ’, बाँस्कोटाले भने, ‘यसमा सत्तारुढ प्रतिपक्षी जो सुकै होस् कोही कसैले उन्मुक्ति पाउँदैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...