कांग्रेस जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा आज सुरु हुँदै

शीर्ष नेताले सम्बोधन गर्ने

Congress

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा आज सुरु हुँदैछ ।

पोखरा सभागृहमा हुने सम्मेलनको उद्घाटन सत्रलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताले सम्बोधन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीभित्र उठेका शीर्ष तहको विवाद र संगठन सुदृढीकरणको बहसमा सम्मेलन केन्द्रित हुने आयोजक जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमिति अध्यक्ष गोविन्द पुडासैनीले बताए । सम्मेलनले गुटउपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का भएर अघि बढाउन दबाबमूलक सुझाव दिने प्रवक्ता शर्माको भनाई छ ।

सम्मेलनले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने कार्यनीति तय गर्ने र भ्रातृ संगठनहरूलाई महाधिवेशन मार्फत अघि बढाउन नेताहरूलाई बाटो देखाउने अपेक्षा गरिएको छ ।

पार्टीको कास्की जिल्ला कार्यसमितिले सम्मेलनलाई सघाउन मञ्च, अर्थ व्यवस्थापन, प्रचारप्रसार, स्वयंसेवक परिचालन, भोजन व्यवस्थापन र आवास व्यवस्थापन समिति गठन गरेको छ । यसअघि काठमाण्डौंमा पहिलो र नुवाकोटमा दोश्रो सम्मेलन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...