पार्टीभित्र संस्थागत अराजकता सृजना भयो : पूर्वमहामन्त्री सिटौला

सभापति आफ्नै पार्टीभित्र जड बन्न खोज्‍नु निर्वाचनको ठूलो हार

Krishna

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले पार्टीभित्र संस्थागत अराजकता सृजना भएको बताएका छन्। मंगलबार काठमाडौं क्षेत्र नम्बर-६ ले आयोजना गरेको कार्यक्रममा २९ औ जनआन्दोलनको अवसरमा बोल्‍दै उनले भने, ‘महासमिति बैठकले गरेको निर्णय केन्द्रीय समितिले उल्टाउने र केन्द्रीय समितिले गरेको निर्णय जिल्ला तहले नमान्‍ने स्थिति भएको छ। यसले कांग्रेसको विधानमा विभावका साथै अराजकता समेत पैदा भएको छ।’

उनले पार्टी सभापति शेरबहादुर देउवाले सैद्धान्तिक विचलन ल्‍याएको आरोप लगाउँदै भने, ‘ पार्टीलाई विचार र सैंद्धान्तिक पद्धतिमा बलियो बनाउनु पर्नेमा सभापति आफै भागबण्डामा लाग्‍नु भएको छ। जुन पार्टीभित्रको ठूलो कमजोरी हो।’

उनले सभापति देउवा पार्टीलाई कमजोर बनाउने तर गल्ती स्वीकार्न तयार नभएको आरोप लगाए। उनले भने, ‘कांग्रेसको ठूलो बल भनेको सैद्धानतिक निष्ठा हो। त्‍यो कमजोर भएको छ। सभापति आफ्नै पार्टीभित्र जड बन्न खोज्‍नु भएको छ। निर्वाचनको ठूलो हार पार्टीभित्र चलेको छ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...