मेडिकल कलेजको शुल्क निर्धारणबारेका निर्णय ३ दिन भित्र पेश गर्न निर्देशन

Edu

काठमाडौं । मेडिकल कलेजहरुमा भएको अनियमतता अध्ययन गर्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले मेडिकल शिक्षा क्षेत्रमा शुल्क निर्धारणबारे भएका निर्णय ३ दिन भित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

उपसमितिको आज बसेको बैठकले मेडिकल शिक्षामा शुल्क निर्धारण सम्बन्धी भएका निर्णय आगामी शुक्रबार भित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा मेडिकल काउन्सिललाई निर्देशन दिएको हो ।

माग गरिएको कागजपत्र प्राप्त भएपछि मेडिकल कलेजहरुले लिएका शुल्कबारे छानविन गरिने उपसमिति संयोजक सुरेश कुमार राईले बताए ।
पोखराको गण्डकी, ललितपुरको किष्ट, भरतपुरको चितवन, भैरहवाको युनिर्भसल र वीरगञ्जको नेसनल मेडिकल कलेजले विद्यार्थीबाट लाखौं बढी शुल्क लिएर ठगी गर्दै आएको समाचार बाहिरिएपछि समितिले १२ गते छानविनका लागि उपसमिति गठन गरेको थियो ।

उपसमितिमा खगराज अधिकारी, चित्रलेखा यादव, योगेश भट्टराई, सन्तकुमार थारु, जिवनराम श्रेष्ठ, मनकुमारी जिसी, एकवाल मियाँ र उमेश श्रेष्ठ सदस्य छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...