शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकोमा राप्रपाको कडा आपत्ति

Rpp jhadap 25

काठमाडौं । हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, चर्को मूल्यबृद्धि नियन्त्रण लगायतका मागहरू राखी काठमाडौंमा गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरीले गरेको दमनप्रति राप्रपाले आपत्ति जनाएको छ ।

राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना माग गर्दै देशव्यापी आन्दोलन गर्दै आएको छ । त्यसैक्रममा सोमबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा प्रहरीसँग हस्तक्षेप गरेको थियो । शान्तिपूर्ण रुपमा गरिएको प्रदशृनमा प्रशासनिक दमन भएकोमा राप्रपा घोर निन्दा एवं भत्सर्ना गरेको छ ।

शान्तिपूर्ण ढंगबाट राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको उपयोग गरि धर्ना बस्ने पूर्व निर्र्धािरत कार्यक्रम अनुसार निषेधित क्षेत्रको सीमा मै रहेर गरिएको प्रदर्शनमा प्रशासनबाट अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास प्रहार गरि भएको निर्मम दमनले सरकारको निरंकुश चरित्र उदांगो भएको प्रष्ट पारेको छ ।

राप्रपाले सञ्चालन गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेपले निर्वाध राजनीतिक परिचालन गर्ने मौलिक हक र अधिकार कुण्ठित गरेको छ, जनसंघर्ष अन्तर्गत पूर्व घोषित आगामी कार्यक्रमहरुको स्वतन्त्र अनुगमन र पर्यवेक्षणका लागि मानवअधिकारवादी संघ, संस्था, नागरिक समाज, राष्ट्रिय र अन्तराष्ट्रिय सञ्चारमाध्यमको राप्रपा ध्यान आकर्षण पनि गराएको छ ।

‘शान्तिपूर्ण प्रदर्शनका क्रममा आज भएको प्रशासनिक दमनबाट सयौं नेता तथा कार्यकर्ताहरु र बाटोमा आवतजावत गरिरहेका सर्वसाधारण नागरिक घाइते भएका छन्, राप्रपा सबै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आज काठमाडौंमा गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको व्यापक प्रशासनिक दमनको राप्रपा घोर निन्दा एवं भत्सर्ना गर्दछ ।’

राप्रपाले गत फागुन ७ गते सम्माननीय प्रधानमन्त्रीलाई हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह लगायतका २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरेको थियो । राप्रपाले आफ्नो माग पूरा गराउन दवाव दिने उदेश्यले हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको छ ।

राप्रपाले सोमबार काठमाडौंमा सिंहदरबार अगाडि, ७ वटै प्रदेशमा मुख्य मन्त्रीको कार्यालय र देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम गरेको छ । पोखरामा धर्ना बस्ने क्रममा गण्डकी प्रदेश प्रमुख हेमजंग गुरुङ, केन्द्रीय सदस्य जयलाल पुन, कास्की अध्यक्ष डा. महेन्द्रबहादुर कार्कीसहित १९ जनालाई केही समय प्रशासनले नियन्त्रणमा लिएको छ । पोखरामा शान्तिपूर्ण धर्नामा बसेका पार्टीका नेताहरूलाई नियन्त्रण लिइएको घटनाको प्रति राप्रपा निन्दा गर्दछ ।

राप्रपाले जनसंघर्षअन्तर्गत चैत २८ गते सम्पूर्ण स्थानीय तहमा १ घण्टा धर्ना दिने, वैशाख ५ गते धर्म निरपेक्षताको प्लेकार्ड र व्यानर जलाउने, बैशाख ८ गते राजमार्ग र चोकहरुमा हुने सत्याग्रहलाई थप प्रभावकारी बनाउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...