पौडेलसँग मिले पनि किन गरे देउवाले एकाएक बैठक स्थगित ?

Congress meeting sthagit

काठमाडौं । नेपाल कांग्रेस पार्टीभित्र आन्तरिक किचलो समाधान गर्ने र केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित बोलाइएको बैठक एकाएक सथगित भएको छ ।

शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर मात्रै केन्द्रिय कार्य सम्पादन समिति गठन गर्न भन्दै सभापति शेरबहादुर देउवालेबशिनबारका लागि बोलाइएको बैठक एकाएक स्थगित गरेका छन् ।

कांग्रेसको नयाँ विधानमा २८ वटा विभागहरु गठन गर्ने व्यवस्था गरिएको छ । तर सभापति देउवाले ती विभागहरु गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ ।

विभाग गठनका लागि देउवामाथि दवाव परेपछि कांग्रेस केन्द्रिय कार्य समिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यसअघि नै गठन गरिसकेको छ ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रिय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताए पनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए ।

प्रतिकृया दिनुहोस