उजुरीको समय तोक्न संसदीय सुनुवाई समितिको वैठक आज वस्दै

Samiti

काठमाडौं । संसदीय सुनुवाई समितिको वैठक आज वस्दैछ । सुनुवाइ समितिले मंगलबार न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका पाँच न्यायाधीशविरुद्ध उजुरीको समय तोक्नका लागि आज बिहान साँढे ११ बजे बैठक बोलाएको छ ।

समितिले उनीहरु विरुद्ध उजुरी दिन भोलीदेखि दश दिनको समय तोक्ने तयारी गरेको समितिका सदस्य भिमसेनदान प्रधानले जानकारी दिए ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको पत्र संसदीय सुुनुवाइ समितिमा मंगलबार नै पठाएको थियो ।

न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा, कानुन व्यवसायीबाट मोरङका पूर्वमहान्यायाधिवक्ता हरि फुँयाल, काठमाडौंबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता डा। मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो ।

परिषद्को सिफारिस भने अहिले विवादमा परेको छ । बरिष्ठ कानुन व्यवसायीहरुले नै सिफारिसप्रति चर्को असन्तुष्टी व्यक्त गरेका छन् ।
विवादमा परेका, यसअघि अयोग्य ठहरिएका, राजनीतिक प्रभावमा रहेका र नातेदारलाई सिफारिस गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

प्रतिकृया दिनुहोस