हिन्दु राष्ट्रका लागि राप्रपाले शुरु गर्‍यो हस्ताक्षर संकलन अभियान

Rpp hastaxar 16

काठमाडौं । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दबाव दिन मेची महाकाली अभियान पनि संचालन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

राप्रपाले राष्ट्र पुनर्स्थापनाका लागि २५ दिनसम्म अभियान चलाएको थियो । राप्रपाले मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सरकारलाई दबाव दिन आइतबारदेखि काठमाडौंलगायत देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरको हस्ताक्षर संकलन अभियान भने संयुक्त रुपमा काठमाडौंको बसन्तपुरबाट सुभारम्भ गरिएको छ । ८१ प्रतिशत हिन्दुहरू रहेको मुलुकमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सरकारलाई दबाव दिन राप्रपाले देशभर एकैसाथ हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।

संकलन गरिएको सो हस्ताक्षर आगामी चैत २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

पार्टीका नेताहरू आफ्नो आफ्नो जिल्लामा खटिएका छन् । हस्ताक्षर अभियानका लागि राप्रपाका वरिष्ठ नेता दिपक बोहरा रुपन्देही, उपाध्यक्ष प्रेमबहादुर भण्डारी र महामन्त्री धवल शमशेर राणा बाँके, महामन्त्री भाष्कर भद्रा काठमाडौंमा सहभागी भएका छन् ।

राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा यसअघि नै गरिसकेको छ । जस अनुसार चैत्र १२ देखि १६ गतेसम्म प्रचारप्रसार, चैत्र १७ देखि २३ गतेसम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, चैत्र २५ गते केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना दिने कार्यक्रम तय गरेको छ ।

त्यसैगरी चैत्र २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, बैसाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको व्यानर र प्लेकार्ड जलाउने तथा बैसाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमहरु रहेका छन् ।

हेटौंडामा आइतबार सो अभियानको शुभारम्भ गर्दै अध्यक्ष कमल थापाले संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरि पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न आवश्यक रहेको बताए ।

उनले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिए । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई स्थिरता तर्फ लैजान नसकेको चर्चा गर्दै अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, स्वाधिन र समृद्ध नेपाल निर्माणको निमित्त राजनैतिक दलहरुले दलिय स्वार्थभन्दा माथि उठेर सोच्नु पर्ने समय आएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...