प्रचण्ड भन्छन्, शान्ति सम्झौता गरेर मैले के गल्ती गरे ?

Pushpa kamal dahal

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा बस्दै गर्दा वासिङटन डीसीको नेपाली कांग्रेसको समितिले आफुलाई हत्यारा भन्दै पक्राउ गराउन खोजेको आरोप लगाएका छन् ।

प्रचण्डले प्रचण्ड अपराधी हो र हत्यारा हो यसलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेकोतर्फ नेपाली कांग्रेसको ध्यानाकर्षण गराएका छन् । तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पहलकदमीमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गरे ।

राष्ट्रिय एकता र महत्व, नेपालले प्राप्त गरेको राजनीतिक स्थायित्व र विकासको महाअभियान कमजोर पार्नेगरी र बदनाम गर्नेगरी या नेपालीका बीचमा कायम भएको एकता बिथोल्ने प्रयास भइरहेको पनि उनले दावी गरे । प्रचण्डलाई अपराधी भन्ने हो भने प्रकारान्तरले कांग्रेस पनि अपराधी हुने उनले बताए ।

‘के मैले शान्ति सम्झौता गर्नु अपराध थियो ? के संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा नेतृत्व लिनु अपराध थियो ?’ उनले भने, ‘के तराई, मधेस, हिमाल, पहाड सबैलाई जोडेर निर्वाचनको महाअभियान तर्फ देशलाई लैजाने कुरा अपराध थियो ? या अहिले हामी स्थायित्व र सम्मृद्धिको कुरा गरेका छौ ती कुराहरु गलत हुन् ?’

आइतबार रिपोर्टर्स क्लबको वार्षिक उत्सवमा कार्यक्रममा प्रचण्डले आफूलाई अन्तर्राष्ट्रिय जगतमा हत्याराका रुपमा चित्रण गर्न खोजेको भन्दै असन्तुष्टि जनाए । यद्यपि आफूलाई डर भने नरहेको बताए । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला एफबीआईमा उजुरी परेको थियो ।

‘विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा र त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा गिरफ्तार गरेर जेल हाल्नुपर्‍यो भनेर अन्तर्राष्ट्रिय जगतलाई भन्नु कति तर्कसंगत छ ?’ उनले भने, ‘यसले आजको हाम्रो राष्ट्रिय आवश्यकतालाई कत्तिको सम्बोधन गरेको छ ? मैले आज नजिकबाट यो तितो भर्खरै अमेरिका जाँदा अनुभव गरेर आएँ ।’

‘कतिपय मान्छेहरुले त्यो कुराबाट प्रचण्ड डराएको हो कि भनेजस्तो ठान्छन् तर मलाई कुनै डर छैन अब,’ उनले भने, ‘किनकी शान्ति सम्झौता भएको छ, संविधान बनेको छ, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ, निर्वाचन भएको छ, अब देश समृद्धितिर जाँदैछ । मलाई व्यक्तिगत रुपले न कुनै डर, लोभ पनि अहिले मलाई त्यस्तो छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...