मानेभञ्ज्याङ दुर्घटना : ६ जनाकै सनाखत

Accident 1

काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

आइतबार बिहान ११ः४५ बजे सोलुखुम्बुको सल्लेरीबाट काठमाडौं आउँदै गरेको बा१६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका ७ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको थियो ।

ओखलढुंगामा भएको स्कारपियो दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । घाइते दुईजनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ ओलाङचुङ गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार घाइतेको उदयपुरको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...