विद्युत पोल गाड्न खोज्दा एकको मृत्यु, दुई घाइते

Dead body

काठमाडौँ । उदयपुरको कटारी नगरपालिका–११ मा माटोको ढिस्को खस्दा पुरिएर एक कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोलु करिडोरको ३२ केभीए प्रसारण लाइनको पोल गाड्न खाल्डो खन्ने क्रममा ढिस्को खसेको हो ।

ढिस्को खसेर पुर्दा स्थानीय २८ वर्षीय लीलाबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार, घटनामा स्थानीय ३० वर्षीय तेजबहादुर विक र सूर्यप्रसाद खनाल घाइते भएका छन् । घाइतेमध्ये विकको अवस्था चिन्ताजनक छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...