भारतकै चासोमा पाकिस्तानी सभामुखको नेपाल भ्रमण स्थगित !

Eyto976gk5xnu20xv1vg

काठमाडौं । सभामुख कृष्णबहादुर महराको निम्तोमा आउने भनिएको पाकिस्तानी सभामुखसहितको संसदीय टोलीको काठमाडौं भ्रमण स्थगित भएको छ ।

यो भ्रमणलाई परराष्ट्र मन्त्रालयको आग्रहमा स्थगित गरिएको संसद सचिवालयका एक अधिकारीले बताए ।

यसअघि परराष्ट्र मन्त्रालयले चैत दोस्रो साता काठमाडौंमा हुने भनिएको नेपाल–पाकिस्तान विदेश सचिवस्तरीय संयन्त्र बैठक एकाएक स्थगित गरेको थियो ।

परराष्ट्र स्रोतका अनुसार भारतीय विदेशसचिव काठमाडौं आउने टुंगो लागेपछि पाकिस्तानसँगको पूर्ववर्ती निर्णयको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...