नेपाल–भारत सम्बन्धमा छलफल, प्रधानमन्त्रीसँग शिष्टाचार भेट

1872424993photo 52019 03 28.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विजय गोख्लेले उहाँको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । खोख्ले र ओलीबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचार विमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताए ।

यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सचिव गोख्लेले शिष्टाचार भेट गरे । भेटमा पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि नेपाल र भारतका परराष्ट्र सचिवको नेतृत्वमा द्विपक्षीय वार्ता भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारतको सहयोगमा नेपालमा जारी कृषि, सम्पर्क विस्तार, रेल तथा जलमार्ग र अन्य भौतिक पूर्वाधार परियोजनाको कार्यान्वयनको स्थितिको समीक्षा भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए ।

बितेका एक वर्षमा भएका विकास–निर्माणका परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै देशका परराष्ट्रसचिवले समाधान हुन बाँकी विषयलाई शीघ्र निरुपण गर्न सहमति जनाएका छन् । द्विपक्षीय वार्तामा क्षेत्रीय चासोका विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा परियोजना कार्यान्वयनमा दुई देशका परराष्ट्र सचिवले निकट सम्पर्कमा रहेर सहजीकरण गरिरहेका छन् । सचिव गोख्ले भोलि नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...