१ लाख कर्मचारी समायोजन, अपुग कर्मचारी भर्ना गर्न चाँडै विज्ञापन खुलाउने तयारी

Sthaniya bikash mantralay

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी बिहीबारसम्म झण्डै एक लाख कर्मचारीको समायोजन समायोजन गरिसक्ने भएको छ ।

बुधबारसम्म निजामतीतर्फ साँढे ६० हजार र स्थानीय सेवातर्फ ११ हजारभन्दा बढी कर्मचारीको समायोजन भएकोमा बिहीबारसम्म स्वास्थ्य सेवातर्फका २८ हजारको समायोजन पनि सकिने छ । समायोजन हुने यी सबै कर्मचारीको संख्या एक लाख पुग्ने छ ।

मन्त्रालयले समायोजन सकेको घोषणा गरेपछि पनि चैतभित्र कर्मचारीलाई गुनासो सुनुवाइको अवसर दिनेछ । समायोजनप्रति केही कर्मचारीले असन्तुष्टि जनाएकाले त्यसलाई सम्बोधन गर्न सुनुवाइको अवसर दिइने मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कर्मचारी समायोजन संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको थियो । लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ । समायोजन भएका कर्मचारीको व्यवस्थापन, तलब, वृत्तिविकास लगायतका चुनौती कायमै छन् ।

अपुग दरवन्दी खुल्ने
समायोजन प्रक्रिया टुंगिएपछि दरबन्दीअनुसार अपुग हुने कर्मचारी भर्नाका लागि चाँडै विज्ञापन खुलाउने तयारी मन्त्रालयको छ । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी कायम गरेको छ । संविधानतः तल्ला तहमा कर्मचारी भर्ना गर्ने कार्याधिकार प्रदेश लोकसेवा आयोगलाई छ ।

तर, प्रदेश लोकसेवा गठन भइनसकेकाले हाललाई संघीय लोकसेवामार्फत नै स्थानीय र प्रदेशमा अपुग कर्मचारी पूर्ति गर्ने तयारी छ । स्थानीय तहमा रिक्त हुने पदका लागि विवरण माग गरेर चैतभित्रमा लोकसेवालाई पठाउने प्रक्रिया सुरु गर्ने मन्त्रालयले जनाएको छ ।

सरकारले संघअन्तर्गत १९ सहसचिवको पदस्थापन पनि गरेको छ । निजामती सेवा ऐन, २०४९ अनुसार सहसचिवलाई प्रदेश सचिव र अन्तरमन्त्रालयमा पदस्थापन गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...