पार्टी सुधारका लागि निकै मेहनत गरेको छु: महामन्त्री कोइराला

Sasanka

दाङ  । पार्टी सुधारका लागि आफूले निकै मेहनत गरिरहेको नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले  बताएका छन् । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो ।

बुधबार घोराहीमा प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता कोइरालाले पार्टी सभापतिको बारेमा धेरै टीका टिप्पणी आइरहेको भन्दै सभापतिले सबैलाई मिलाएर लैजान नसकेको हुँदा अब त्यो जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।


“महामन्त्रीको हैसियतले मैले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छु र सबैलाई मिलाएर लैजान्छु”, उनले भने, “पार्टीमा केही समस्या छ, अलमल छ अब त्यसलाई संस्थागतरूपमा सफल पार्नुपर्छ ।” उनले अब आउने चुनावमा पार्टी एक ढिक्का भएर जनतामाझ जाने वचनबद्धतासमेत व्यक्त गरे ।

नेता कोइरालाले दुई तिहाइको वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको आरोप लगाए । उनले जनतामा जागेको आशा सरकारको कार्यशैलीका कारण निराशामा परिणत भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...