रन्जु दर्शनाविरुद्ध यसरी किन खनिइन् विना मगर ?

Mantri magar ranju darsana

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर रञ्जु दर्शनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेकोमा खानेपानी मन्त्री बिना मगरले आपत्ति जनाएकी छन् ।

मन्त्री मगरले आफूविरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको आरोप पनि लगाएकी छन् । उनले गलत मनसायका साथ गरिने प्रचारप्रति समेत दुःख व्यक्त गरेकी छन् ।

मेलम्ची आयोजनामा मैले अनियमितता गरेको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु’ मगरद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’

‘मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ’ विज्ञप्तीमा भनिएको छ, ‘मेलम्ची आयोजनामा मन्त्रीका हैसियतले अख्तियार दुरुपयोग गरेको हेर्ने सरकारी निकाय छन्, तिनको आफ्नै विधि र प्रक्रिया छ, म सधैं त्यसको पक्षमा छु र रहन्छु ।’

आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको गरले स्पष्टिकरण दिएकी छन् । आफ्नो कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकाशं काम सम्पन्न भएपनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले केही महिना पहिले हात झिक्दा समस्या आएको मगरको भनाई छ ।

मेलम्ची खानेपानी विकास समिति आफैँमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने बताएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...