मलेसिया जानेका लागि खुसीको खबर, केही दिनमै मलेसियामा रोजगारी खुल्दै

Malesia khuldai

काठमाडौं । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो मलेसिया । तर १० महिनादेखि मलेसियाको रोजगारी रोकिँदा लाखौं युवा समस्यामा परेका थिए । तर अब भने खुसीको खबर, मलेसिया खुल्ने भएको छ ।

मलेसिया जाने कामदारहबाट स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुले जथाभावी रकम असुल गरेको भन्दै सरकारले संस्थाहरु बन्द गराएको थियो । मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गत जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो ।

पहिलो चरणमा कलिङ भिसा आएर रोकिएकालाई एक साताभित्र मलेसिया पठाउने मन्त्रालयको तयारी छ । कलिङ भिसा आएर पनि जान नपाएकाहरुलाई श्रम स्वीकृति दिलाउन मन्त्रालयले नै पहल गर्ने भएको छ । व्यवसायीका अनुसार कलिङ भिसा आएका करिब ७ हजार छन् । उनीहरुको अन्तिम श्रम स्वीकृतिका लागि मन्त्रालयले सहजीकरण समेत गर्ने भएको छ।

नयाँका लागि भने ३ महिनाभित्रै मलेसिया जान खुल्ला गर्नेगरी काम अघि बढाउने सरकार र व्यवसायीबचि सहमति भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच भएको छलफलमा मन्त्री विष्टले रोकिएको मलेसियाको रोजगारी दुई तीन दिन भित्रमा खुल्ले जानकारी दिए ।

नयाँ जान चाहनेका लागि भने मलेसियाले केही दिनअघि पठाएको स्वस्थ्य परीक्षणको नयाँ मापदण्ड अनुसार प्रक्रिया गरिने भएकाले केही समय लाग्ने भएको छ । मलेसियाले अघिल्लो हप्ता स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई सूचीकरणको लागि बुधबार सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।

वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को दफा ३ बमोजिम सूचीकरण हुन १० दिनको समय दिइएको छ ।

प्राप्त निवेदनको आधारमा मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ । यसअघि स्वास्थ्य परीक्षणमा लापरवाही भएको भन्दै मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिन लागेको हो ।

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षण लगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...