२६ दिनपछि रमिलाको शव फेला, अभियुक्त गुरुङमाथि दुई मुद्दामा अनुसन्धान

Mirtu mahilaaa

विराटनगर । हत्या भएको २६ दिनपछि मोरङको बेलबारी-४ की २६ वर्षीया रमिला राईको शव सप्तकोसी नदीमा भेटिएको छ ।

राईको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह नजिकै बुधबार भेटिएको हो ।

मोरङ तत्कालीन एमालेका पूर्वअध्यक्ष एवं सत्तारुढ दल नेकपाका नेता योगेन्द्र गुरुङले राईको हत्या गरेर शव सप्तकोसीमा फालेको स्वीकार गरेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अुनसार सेतो बोरामा हात खुट्टा बाँधेर फ्यालेको अवस्थामा शव भेटिएको हो ।

माछा मार्नेक्रममा बोराभित्र शव देखेपछि माझीले प्रहरीलाई खवर गरेका थिए । प्रहरीकै आग्रहमा उनीहरुले डुंगाको प्रयोग गरेर लगभग दुई घण्टा लगाएर शव बाहिर निकालेका हुन् ।

राईका आफन्तले शव रमिलाकै भएको पुष्टि गरेपछि प्रहरीले मुचुल्का तयार पारेको छ ।

प्रहरीका अनुसार नेकपा नेता गुरुङले फागुन १७ गते राति हत्या गरेर १८ गते बिहान २ बजेर ५६ मिनेटमा राईको शव कोसी ब्यारेजमा फालेको बयानका क्रममा स्वीकार गरेका छन् । गुरुङलाई प्रहरीले फागुन २४ गते इलामबाट पक्राउ गरेको थियो ।

प्रहरीसँगको बयानमा गुरुङले हत्या गरेर बा १५ च ७९१६ नम्बरको कारमा राखेर शव कोसीमा फालेको स्वीकार गरेका हुन् ।

‘सिसी टिभी फुटेज’ मा योगेन्द्रको गाडी फागुन १७ गते राति साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको र शनिबार बिहान साढे ४ बजे सुन्दरहरैँचाको गोठगाउँबाट पूर्व लागेको देखिएको थियो । त्यही फुटेजको आधारमा प्रहरीले उनलाई खोजी गरेको थियो ।

हत्या गरिएकी राई र गुरुङबीच प्रेम सम्बन्ध रहेको पनि खुलेको छ । बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ ।

रमिला बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खवर गरेका थिए । रमिला बेपत्ता भएको भन्दै उनकी बहिनीले फोन गरेपछि गुरुङसमेत पटक-पटक रमिला बस्दै आएको माइती घरमा पुगेका थिए ।

रमिलाको खोजी गर्न भन्दै गुरुङले समेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर ‘गर्लफ्रेन्ड’ हराएकाले तनाव भएको बताएका थिए ।

हत्या गरिएकी राई सम्बन्ध विच्छेद गरेर बेलबारीस्थित माइतीमै बस्दै आएकी थिइन् । उनकी एक छोरी छन् ।  गुरुङका भने श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन् । उनी नोबेल सामुदायिक अस्पताल बेलबारीका अध्यक्ष हुन् ।

हत्या भएको दिन राई र गुरुङ सुन्दरहरैँचाको विराटचोकस्थित हवना रेष्टुरेण्टमा गएको खुलेको छ । त्यहाँ मादक पदार्थ सेवन गरेर शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किएका थिए ।

उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडेपछि रमिलालाई भने गाडीमै लिएर घरतर्फ गएका थिए । गुरुङमाथि प्रहरीले दुई मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

व्यक्ति बेपत्ता पारेको कसुरमा र कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए ।

राईको शव भेटिएपछि अनुसन्धान सहज बनेको एसपी केसीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...