अवैध लागुऔषधसहित बालाजुबाट २ जना पक्राउ

3 jana pakrau

काठमाडौं । काठमाडौंको बालाजु नयाँ बसपार्कबाट अबैध लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका रमेश बस्नेत र शेरसिंह रोकाया रहेका छन् ।

उनीहरूको साथबाट प्रहरी १६ ग्राम खैरो हेरोइन र जोख्ने तराजुसमेत बरामद गरको छ ।

विप्लव समूहको गतिविधिबारे अनुसन्धानमा खटिएको बालाजु प्रहरीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होवीन्द्र बोगटीले बताए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

पछिल्लो समय आपराधिक गतिविधिमा संलग्नमाथि महानगरीय प्रहरी परिसर काठमाडौंको सक्रियता बढाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...