लगानी सम्मेलनको सुरक्षामा ४ हजार बढी प्रहरी खटिने, सम्मेलनकै दिन विप्लवको बन्द

Police

काठमाडौं । राजधानीमा सुरु हुने लगानी सम्मेलनका लागि गृह मन्त्रालयले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । यही शुक्रबारबाट दुईदिनसम्म लगानी सम्मेलन हुने भएको छ ।

लगानी सम्मेलनमा आउने पाहुना राष्ट्रका लगानिकर्ताको सुरक्षाका लागि गृह मन्त्रालयले देशको चारवटै सुरक्षा निकायलाई सुरक्षा व्यवस्था मजबुत पार्न निर्देशन दिएको हो ।

लगानी सम्मेलनका अवधिमा सरकारले प्रतिबन्ध लागाएको विप्लव नेकपाको पार्टीले अप्रिय घटना घटाउन सक्ने भन्दै त्यसमा सचेत रहनसमेत गृहले सुरक्षा निकायलाई निर्देशन दिएको गृह मन्त्रलाय स्रोतले जनाएको छ ।

लगानी सम्मेलनको सुरक्षार्थ चार हजार बढी नेपाल प्रहरी प्रत्यक्ष खटिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, सशस्त्र प्रहरीसँग मिलेरसमेत संयुक्त गस्ती सञ्चालन हुने ज्ञवालीको भनाइ छ । राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले समेत लगानी सम्मेलनलाई मध्यनजर गरेर आफ्ना इन्टेलिजेन्स जनशक्ति प्रयोग गर्ने जनाइएको छ । सम्मेलन सोल्टिमोडमा रहेको सोल्टि होटलमा हुनेछ ।

लगानी सम्मेलनमा छिमेकी मुलुक चीन, भारत, म्यानमार, जापान, दक्षिण कोरिया, ओमन, अमेरिका, श्रीलंकालगायत ४० राष्ट्रका करिब ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहनेछ ।

विप्लव समूहको नेकपाले भने आफ्ना कार्यकर्तामाथि सरकारले जबरजस्त धरपकड गरेको भन्दै चैत १६ गते नेपाल बन्दको घोषणा गरेको छ ।

अरू दिन एसइई परीक्षा दिने विद्यार्थीको समस्यालाई मध्यनजर गरेर चैत १६ गते नेपाल बन्दको घोषणा गरेको छ ।

प्रहरीले भने बन्दको कुनै असर नहुने र विप्लवका कारण लगानी सम्मेलनामा समेत कुनै सुरक्षा खतरा नहुने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...