पूर्वी-नवलपरासीमा १० दिनसम्म विद्युत सेवा ठप्प हुने

Light 12

काठमाडौं । पूर्वी नवलपरासीमा दश दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

मंगलबार बिहान परेको हावाहुरी र पानीसँगै परेको चट्याङले नवलपुरको प्रगतिनगर सवस्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पुगेपछि सबैजसो ठाउँमा विद्युत सेवा अवरुद्व भएको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, कावासोतिले बुधबार पत्रकार सम्मेलन गरेर औद्योगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प हुने जनाएको छ ।

चट्याङले ट्रान्सफर्मरमा क्षति पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा रहेका औद्योगिक कलकारखानामा १० दिनसम्म पूर्ण रुपमा विद्युत सेवा अवरुद्व हुने भएको वितरण केन्द्र कावासोतीका प्रमुख राजिवकुमार शर्माले जानकारी दिए ।

ट्रान्सफर्मर मर्मतका लागि बुटवल र काठमाडौंबाट समेत प्राविधिक ल्याएर मर्मतका लागि प्रयास गरेपनि सफल नभएपछि विद्युत सेवा पहिल्यैकै अवस्थामा सञ्चालनमा आउन लामो समय लाग्ने भएको हो ।

ट्रान्सर्फमर नयाँ फेर्नुपर्ने भएकाले विद्युत आपूर्ति सुचारु हुन ७ देखि १० दिनसम्म लाग्न सक्ने उनले बताए ।

तत्कालका लागि गैंडाकोटदेखि प्रगतिनगरसम्म भरतपुरबाट अस्थायी लाईन जोडेर प्रत्येक क्षेत्रमा दैनिक २ हाफ लाईन पालैपालो विद्युत दिने प्रयास गरिने भएको छ ।

कावासोती, चोरमारा लगायतका क्षेत्रमा पनि बर्दघाटतर्फको अस्थायी लाइनमार्फत दैनिक २र३ घण्टाकै दरले विद्युत सेवा प्रदान गरिने छ ।

विद्युत सेवा अवरुद्व भएपछि जिल्लाका सञ्चार माध्यम, कल कारखाना उद्योगलगायतका क्षेत्रमा त्यसको प्रत्यक्ष असर पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...