विप्लवमाथि खनियो प्रहरी, धमाधम पक्राउ पर्न थाले विप्लवका नेता

Biplav chnda

काठमाडौं । सरकारले गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्लव समूहका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । यसैक्रममा प्रहरीले बाँके, मोरङ, चितवन लगायतका ठाउँमा विप्लवका जिम्मेवार नेताहरुलाई पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सैन्य प्रमुखसहित ४ जना फक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्य तथा न्यायिक विभाग प्रमुख चित्रबहादुर विक, जनसरकार प्रमुख कृष्णबहादुर शाही, सैन्य फाँटका भेरी ब्यूरो प्रमुख दानबहादुर फडेरा र पूर्व जनसरकार प्रमुख सन्तोष बस्नेत छन् ।

लाई जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार र मंगलबार दुई दिनमै उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेमा उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विस्फोट गरेको आरोप प्रहरीले लगाएको छ ।

सरकारले समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि बाँके प्रहरीले समूहका नेता तथा कार्यकर्तामाथि निगरानी र खोजी कार्य शुरु गरेको छ ।

सरकारले फागुन २८ गते प्रतिबन्ध लगाएयता चितवनमा विप्लव नेतृत्वको नेकपाका ६ जना कार्यकर्ता प्रक्राउ परेका छन् । फागुन २९ गते जिल्ला सचिवालय सदस्य रामप्रसाद तिमिल्सिना, राप्ती नगरपालिकाका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, अनेरास्ववियु क्रान्तिकारी बीरेन्द्र बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष विक्रम न्यौपाने, चैत ३ गते जिल्ला सदस्य वीरबहादुर तामाङ र चैत ११ गते राति अखिल क्रान्तिकारी यातायात व्यवसायी संघका जिल्ला अध्यक्ष मित्र केसी र कार्यकर्ता जयबहादुर कुँवर पक्राउ परेका छन् ।

मोरङमा पनि प्रहरीले जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ । प्रहरीले मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्ज्वल) पक्राउ परेका छन् ।श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रज्ज्वल माओवादी जनयुद्धको क्रममा लडाकु थिए । शान्ति प्रक्रियापछि काठमाडौं आएका उनी मिर्मिरे एफएमको समाचार शाखा प्रमुखसमेत बनेका थिए । पार्टी विभाजनपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा लागेका थिए ।

दुई दिनअघि मात्रै प्रहरीले कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) लाई पनि पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...