कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक 'अनुशासन समितिमा उजुरी दिन चैत मसान्तसम्मको म्याद'

Congresh

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको छ। बैठकले २०७५ चैत मसान्तभित्र प्राप्त भएका उजुरीहरुमाथि मात्रै छानबिन गरिने निर्णय बैठकले गरेको छ।

ुपार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि काम कारबाही र गतिविधि गरेको भएमा त्यस्ता काम कारबाही र गतिविधिका विरुद्धमा प्रमाण सहित २०७५ चैत मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानबिन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छु, निर्णयमा भनिएको छ।

आजको बैठकले अनुशासन समितिको कार्यविधि पनि पारित गरेको छ। नेपाली कांग्रेसको गत चैत चार गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भीष्मराज आङदम्बेको अध्यक्षमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको समिति गठन गरेको थियो। भोलिपल्ट, पुन बसेको बैठकले समितिमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गरी पूर्णता दिएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...