धादिङमा मोटरसाइकलसहित ३ जना पक्राउ

Pakkrau 1

धादिङ । धादिङमा मोटरसाइकल चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ ५ बजे धादिङको धुनीबेशी नगरपालिका-५ स्थित प्रभात अर्यालको आँगनमा राखेको वा ७२ प ९५९८ नम्बरको बाइक हराएको उजुरी परेलगत्तै खोजी गर्ने क्रममा थप २ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए ।

बाइकसहित पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका-३ बस्ने किप्पा तामाङ, संजय लामा र धादिङ खनियाबास गाउँपालिका-५ का घन बहादुर गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट बा ७२ प ९५९८ नम्वरको २२० सिसि पल्सर, बा ९० प ३३६० नम्बरको यामाहा आर १५ र बा ८५ प ११६९ नम्वरको २०० सिसि पल्सर एन एस बाइक चाबी, हेण्डिल लक फुटाएको अवस्थामा बरामद गरिएको छ ।

बरामद भएका मध्ये बा ८५ प ११६९ नम्बर मोटरसाइकल नुवाकोट शिवपुरी गाउँपालिका-४ का रुपेश बुढाथोकीको रहेको र उक्त मोटरसाइकल गत चैत ८ गते काठमाडौं गोंगवुबाट चोरी भएको खुल्न आएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनले भने, ’पक्राउ परेकाको समूहमा अरु पनि संलग्न रहेको अनुसन्धानबाट खुल्न आएकाले ति व्यक्तिको खोजीका लागि प्रहरी परिचालन भइसकेको छ।’

बाइक हराएको सूचना पाउने वित्तिकै खोजीका लागि प्रहरी खटिएको र प्रहरीले बाइक चोरी गर्ने गिरोहलाई नै पक्राउ गर्न सफल भएको हो ।

हराएको बाइक खोजी गर्दै जाँदा शंकास्पद अवस्थामा तीन युवालाई भेटेपछि सोधपुछको क्रममा बाइकको काजगपत्र नभएपछि उनीहरुको शंकाको घेरामा तानिएका थिए ।

प्रहरी प्रमुख बैदवारले भने, ’पक्राउ परेकाहरु उपत्यकाबाट पटकपटक बाइक चोरीमा संलग्न भएका हुन्, उपत्यकामा चोरी गरेर बाहिर जिल्लामा बिक्री गर्ने र बाहिर जिल्लाबाट उपत्यकामा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पश्चात आइतबार राति उनीहरुको काठमाडौंस्थित डेरामा समेत छापा मारिएको भएपनि थप केही फेला नपरेको बैदवारले जानकारी दिए ।

पक्राउ परेकालाई जिल्ला अदातलबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...