महिला बलात्कारको आरोपमा वृद्ध पक्राउ

Pakkrau 1

राजविराज । सप्तरीमा महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

घरमा एक्लै सुतिरहेका बेला ४५ वर्षिया महिलामाथि हातपात गरी कपडा च्याति बलात्कारको प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका-९ का ६० वर्षीय लक्ष्मण महतोलाई पक्राउ गरेको जनाएको छ ।

गत चैत ६ गते पक्राउ परेपनि चैत ७ देखि ९ गतेसम्म सार्वजनिक बिदा भई सरकारी कार्यालयहरु बन्द रहेकाले आइतबार उजुरी दर्ता गरी म्याद थप गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

पीडितका श्रीमान काठमाडौंमा रोजगारी गर्छन् भने १० वर्षीय छोरा घरबाहिर बोडर्समा बसेर पढ्दैछन् ।

घरमा रहेकी दुई छोरी पनि टोल छिमेकमा भएको विवाहमा गएका बेला घरमा एक्लै रहेको मौका पारी आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताइन् ।

पीडितको स्वास्थ्य परीक्षण गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर बिष्णुप्रदिप बस्यालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...