निर्मला हत्या प्रकरण : फरार निलम्बित डीएसपी जिसी अदालतमा, बयान लिन सुरु

Adalat kanchanpur

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा निलम्बित डीएसपी अंगुर जिसी सोमबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका छन् ।

सिआईबीका निलम्बित डिएपसी जिसीमाथि पनि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएकोलगायतका आरोप छन् ।

जिसीमाथि बयान लिन सुरु गरिएको अदालतका रजिस्टार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् ।

अदालतले यस प्रकरणमा आरोपित तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो ।

आरोपित ६ प्रहरी तत्कालै अदलतमा उपस्थित भएका थिए भने डिल्लिराज विष्ट मंगलबार अदालतमा उपिस्थत भएका थिए ।

तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सई हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद पहिले नै अदालतमा उपस्थित भएका थिए । बयानपिछ उनीहरू सातै जना धरौटीमा रिहा भइसकेका छन् ।

फागुन २६ गते फरार रहेका डिएसपी जिसी अदालतले ३५ दिने म्याद जारी गरेको १६ औं दिनमा अदालतमा उपस्थित भएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...