प्रमुख निर्वाचन आयुक्त डाक्टर यादवको आजबाट बिदाई

Aayodh

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले आजबाट अवकाश लिएका छन् । २०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेका प्रमुख निर्वाचन आयुक्त यादवको निर्वाचन आयोगमा आज एक कार्यक्रमका बीच विदाइ गरिएको छ ।

विदाई समारोहमा यादवले ११ महिनाभित्र सङ्घ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको बताए ।

लोकतन्त्रको सवलीकरणका लागि इमान्दारिताका साथ आफ्नो सवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने विश्वास व्यक्त गर्दै यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग आग्रह गरे । यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगका आयुक्त इला शर्माले सम्हालेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...