बालकलाई बचाउन दोरम्बाका वडाध्यक्षले गरे हेलिकप्टर चार्टर

Chandra thapa magar

काठमाडौं । आफ्नो वडावासी विरामी हुँदा वा कुनै समस्या पर्दा एउटा वडाध्यक्षले केसम्म गर्न सक्दैन र ? मनमा भए निजी खर्चमा पनि आफ्ना नागरिकलाई बचाउन सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् रामेछाप दोरम्बाका वडाध्यक्ष चन्द्रबहादुर थापामगर ।

दोरम्बा गाउँपालिका–४ गौश्वराका वडाध्यक्ष चन्द्रबहादुर थापा मगरले घर भत्काउने क्रममा लडेर घाइते भएका ८ वर्षीय बालकलाई हेलिकोप्टर चार्टर गरेर पुनर्जन्म दिए ।

जिल्लाकै दुर्गम मानिने गौश्वारास्थित सुब्बाथानका ८ वर्षीय मगर घर भत्काइरहेको चोटामा जाने क्रममा लडेका थिए । गम्भीर अवस्थामा रहेका मगरको एम्बुलेन्समार्फत बालकलाई काठमार्डौ लैजादा बाच्ने सम्भावना कम भएपछि वडाध्यक्ष चन्द्रबहादुर थापा मगरले १ लाख ४० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर ती बालकलाई काठमाडौं पठाएका थिए ।

घाइते बालकको अहिले काठमाडौंका विएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनका बुबा वैदेशिक रोजगारीमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...