४ वर्षीया छोरीसहित एक महिला महिनादेखि बेपत्ता

Bepatta

पर्वत । पर्वतको फलेवास नगरपालिका-२ थापाठानाकी एक महिला चार वर्षीया छोरीसहित महिना दिनदेखि बेपत्ता भएकी छिन् ।

गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बनेकी हुुन् ।

उनी काठमाडौँबाट घरमा जान भनी हिँड्नु भएकामा हालसम्म परिवार तथा माइती पक्षको सम्पर्कमा आएकी छैनन् ।

फलेवास नगरपालिका–२ थापाठानास्थित खनार माइतीघर भई नौ वर्षअघि उनको सोही स्थानका प्रकाश थापासँग विवाह भएको थियो ।

पर्वत प्रहरीलगायत घर र माइती पक्षले उनको खोजी कार्य गरे पनि आजसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

शर्मिलाका माइती पक्षले भने घरपरिवारले बेपत्ता बनाएको आरोप लगाएका छन् । 'घरमा बस्न नसकेको भन्दै १८ महिना माइत बसेकी र घरका सदस्य लिन आएपछि गत माघमा घरमा गएकी हो’ शर्मिलाका बाबु मतिलाल कार्कीले छोरी शर्मिला र नातिनी सुप्रियालाई परिवारकै सदस्यले बेपत्ता बनाएको आरोप लगाए ।

शर्मिलालाई थापाठानाकै एक निमावि विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा १६ वर्षकै उमेरमा प्रकाश थापाले विद्यालयबाटै भगाएर विवाह गरेका थिए ।

यता श्रीमानले भने श्रीमती माइत जान्छु भनेपछि आफूले काठमाडौँबाट पर्वतको बसमा चढाएको तर कहाँ गइन् भन्नेबारेमा आफू पनि अन्योल रहेको बताए ।

शर्मिलाका बाबु मोतिलाल कार्कीले छोरी फागुन २ गते घरमा आउने भनेर बसमा चढेको थाहा नभएको तर फागुन ५ गते कार्कीनेटा प्रहरी चौकीका सुरक्षाकर्मी घरमा नै पुगेर छोरी हराएको जानकारी दिएपछि मात्रै आफूहरुलाई थाहा भएको बताए ।

परिवारले खोजी कार्यमा तदारुकता नदेखाएपछि आफूले फागुन १३ गते पर्वत प्रहरीमा खोजीकार्यमा सहयोग गरिदिन निवेदन दिएको बाबु मोतिलालले बताए ।

पहिल्यैदेखि शारीरिक र मानसिक यातना दिँदै आएकाले घर-परिवारले नै छोरी र नातिनीलाई बेपत्ता बनाएको आरोप उनको छ ।

यता जिल्ला प्रहरी कार्यालयले भने सम्बन्धित ठाउँमा खोजीकार्य भइरहेको र प्रविधिको प्रयोग समेत गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

काठमाडौंबाट आउँदै गर्दा हराएको हुँदा अन्य क्षेत्रका प्रहरी कार्यालयसँग समेत समन्वय गरेर खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...