ललितपुर महानगरमा 'मोबाइल शौचालय’ प्रयोगमा ल्याइदै

Mobile toilate

ललितपुर । खाली जमिनको अभावका कारण ललितपुर महानगरले ’मोबाइल शौचालय’ प्रयोगमा ल्याउने भएको छ ।

जम्मा चार वटा मात्र सार्वजनिक शौचालय भएको महानगरले अब एक ठाउँबाट अर्को ठाउँ सार्न मिल्ने ’मोबाइल शौचालय’ प्रयोगमा ल्याउने भएको हो ।

मोबाइल शौचालय राख्न अध्ययनका लागि महानगरले एक टोली भारतको चेन्नई पठाउन लागेको प्रमुख चिरिबाबु महर्जनले बताए ।

‘सार्वजनिक शौचालयको धेरै आवश्यकता छ । महानगरमा करिव ४० वटा शौचालय आवश्यक पर्छ,’ उनले भने, ‘महानगरमा खाली ठाउँ अभावका कारण हामी नयाँ बनाउन सक्ने अवस्थामा छैनौं । त्यसैले मोबाइल ट्वाइलेट ल्याउने भएका हौं ।’

अहिले महानगरभित्र लगनखेल बसपार्क, मंगलबजार, मंगलबजारको तरकारी बजार, युएन पार्क, पाटनढोका, कुपण्डोल, जाउलाखेलमा सार्वजनिक शौचालय छन् ।

सातमध्ये दुइटा बिग्रिएकाले प्रयोगमा नै छैनन् । प्रयोगमा आएका शौचालय पनि व्यवस्थित छैनन् । तिनलाई पनि महानगरपालिकाले व्यवस्थित गर्दै मोबाइल ट्वाइलेट ल्याउने भएको हो ।

‘हामीसँग भएकै ट्वाइलेट पनि व्यवस्थित छैनन् । त्यसलाई पनि व्यवस्थित गर्छौं र मोबाइल ट्वाइलेटको सम्भाव्यता अध्ययन गछौं । एक टोलीलाई चेन्नई पनि पठाउँदैछौं,’ उनले भने, ‘जात्रा पर्व पनि हाम्रो महानगरमा धेरै नै हुन्छ । त्यस्तो बेलाको लागि समेत हुने गरी प्रशस्त मात्रामा मोबाइल ट्वाइलेट ल्याउछौं ।’

महानगरले शौचालय निर्माण कै लागि यसका लागि महानगरले वडा ३ का अध्यक्ष श्री गोपाल महर्जनको संयोजकत्वमा सार्वजनिक निजी साझेदारको समूह बनाएको छ ।

यस्तै १२ वडाका अध्यक्ष नारायण अवालेको संयोजकत्वमा कुन कुन ठाउँमा शौचालय राख्ने अध्ययन भइरहेको महानगरले जनाएको छ ।

खरिद प्रकृयाअनुसार ल्याउन केही ढिला हुने भएपनि सकेसम्म चाँडो मोबाइल शौचालय ल्याउने प्रमुख महर्जन बताउँछन् ।

‘हामीले त मोबाइल ट्वाइलेट यही महिनाभित्र ल्याउन खोजेको हो । तर हाम्रो खरिद प्रकृया एकदमै झन्झटिलो छ। तैपनि हामी छिटो ल्याउने प्रयास गछौं,’ प्रमुख महर्जनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...