ऋण मागेर अदालतलाई धरौटी : छुटे बर्खास्तमा परेका एसपी डिल्लीराज बिष्ट

Dilli raj dist sp

काठमाडौं । साउन १० मा कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, यो अवधीसम्म सो घटनामा को संलग्न थिए भन्ने पत्ता लाग्न सकेको छैन । तर, घटनाका आरोपीहरु भने धमाधम छुटिरहेका छन् ।

पछिल्लोपटक आइतबार कञ्चनपुर जिल्ला अदालतको आदेशमा बल्लबल्ल साँढे १० लाख रुपैयाँ धरौटी बुझाएर कन्चनपुर जिल्लाका तत्कालीन एसपी डिल्लीराज विष्ट रिहा भए ।

उनीमाथि कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेको थियो । तर, जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासमा भएको थुनछेक बहसपछि विष्टलाई साँढे १० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार आइतबार १ बजे इजलासले आदेश गरेको थियो । तर, उनले बल्लबल्ल साथीभाई, आफन्त र इष्टमित्रसँग हार गुहार मागेर अदालतले मागेको साँढे १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए ।

उनलाई आदेशमा यातना कसुरमा ६ लाख र प्रमाण नष्ट गरेकोमा ४ लाख ५० हजार धरौटी माग गरिएको थियो । उनले अदालतले मागेको सो रकम बुझाउन मात्रै धेरै जनासँग हारगुहार मागेर पैसा जम्मा गरेका थिए । उनलाई दिउँसो १ बजे नै धरौटी बुझाउन भनिएको थियो । तर, बल्लबल्ल उनले पौने ५ बजे मात्रै साँढे १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए ।

यसअघि सोही मुद्दामा प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी, रामसिंंह धामी र प्रहरी जवान चाँदनी साउद जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...