शिक्षामन्त्री पोखरेलमाथि परीक्षामा हस्तक्षेप गरेको आरोप

Giriraj pokhrelll

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगले लिने परीक्षामा शिक्षामन्त्रीले हस्तक्षेप गरेको आरोप लागेको छ ।

नेपाली कांग्रेसले शिक्षामन्त्री गिरीराजमणि पोखरेलमाथि परीक्षामा हस्तक्षेप गरेको आरोप लगाएको हो । उनले परीक्षामा हस्तक्षेप गरेको भन्दै कांग्रेसले तत्काल परीक्षा सुचारु गर्न माग गरेको छ ।

नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुको नेतृत्वमा कांग्रेस कार्यकर्ताले विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई विश्वविद्यालयमाथिको हस्तक्षेप रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

गत भदौ १० गतेको कर्मचारी पदपूर्ति विज्ञापनका विषयमा उच्च अदालत विराटनगरले परीक्षा लिन सेवा आयोगलाई आदेश दिएको हो ।

सेवा आयोगले गत वर्ष ६० भन्दा बढी शिक्षकका लागि खुल्ला विज्ञापन निकालेको थियो ।

केही समयअघि सर्वोच्च अदालतको आदेशमा सेवा आयोगले सो विज्ञापन अनुसार परीक्षासम्बन्धी प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...