हत्यामा संलग्न चार जना पक्राउ

3 jana pakrau

धरान । निमा तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

होली मनाउने क्रममा गत बिहीबार विवाद हुँदा छुरी प्रहारबाट धरान उपमहानगरपालिका-८ भोटेपुलका निमा तामाङको हत्या गरिएको थियो ।

तामाङको हत्यामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय धरानले ४ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धरान-८ का १८ वर्षीय सुशान्त लिम्बू, निश्चल विक, शरण राई र धरान-७ का १७ वर्षीय मनिस लावतीला रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमनकुमार तिम्सिनाले बताए ।

पक्राउ परेका चारैजनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पुरानो रिसिविका कारण वादविवाद हुँदा चारजनाको समूहले निमालाई छुरी रोपेर हत्या गरेको डीएसपी तिम्सिनाले बताए ।

पक्राउ परेका चारैजनाविरुद्ध कर्तव्य ज्यान ऐन अन्र्तगत मुद्धा दर्ता गरी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...