प्रधानमन्त्री भन्छन्, मेरो प्रश्न गर्ने होइन, उत्तर दिने बानी छ

Kp oli 6

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनको विषय निरासा नबन्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफुले अहिले निरासा हुने ठाउँ नदेखेको बताएका हुन् ।

‘मेरो प्रश्न होइन, उत्तर दिने बानी छ । समस्या खडा गर्ने होइन, समाधान गर्ने बानी छ’ प्रधानमनत्री ओलीले ‘किन बहुमतको सरकार बनेन भन्ने छ, हामीले उत्तर दिएर देखाएका छौं । नेपालमा विकास किन भएन भन्ने प्रश्न छ, हामीले विकास गरेर उत्तर दिन थालेका छौं ।’

हिउँदे अधिवेसनको समापन बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अब जिल्ला जाने सांसदहरुले आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने योजना र बजेटको रुप ल्याएर आउन आग्रह गरे ।

‘माननीय ज्यूहरु आजदेखि जिल्ला जाँदै हुनुहुन्छ, जिल्ला जानुस्’ उनले भने, ‘जिल्लाका लागि चाहिने विकासका कामहरु केके हुन् ? केके चाहिन्छ, त्यसको सुची बनाएर ल्याउनुस् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...