विकृतिको घर बन्दै लिभिङ टुगेदर, महिला आयोगमा बढे उजुरी

Living togethar 9

काठमाडौं । लिभिङ टुगेदर अहिले फुन जस्तै बनेको छ । तर पनि घर परिवार र समाजको डरले स्पष्ट र खुलेर भनरे कोही पनि हिडेको पाइन्न । अझ भनौं उनीहरु यो सम्बन्धलाई सार्वजनिक गर्न नै चाहदैनन् ।

पश्चिमी मुलुकमा निकै प्रचलनमा रहेको लिभिङ टुगेदर आफैँमा नराम्रो प्रचलन भन्न चाहिँ मिल्दैन । जहाँबाट यसको सुरुवात भयो, त्यहाँ सामाजिक र व्यक्तिगतरूपमा पनि यो प्रचलन उच्च संस्कृति नै बनिसकेको अवस्था छ ।

त्यहाँका लागि यो प्रचलन फाइदाजनक नै होला । तर नेपालमा यो प्रथाले जति फाइदा दिन्छ, त्योभन्दा बढी हानी गर्ने विश्लेषकहरूको ठहर छ । नेपालमा लिभिङ टुगेदरलाई सामाजिक विकृतिकै रूपमा लिइन्छ ।

एड्भान्स हुने बहानामा लिभिङ टुगेदरलाई रोजेका युवायुवतीले क्षणिक सन्तुष्टि पाए पनि पछि अप्ठयारो परिस्थिति सृजना हुनसक्छ । लिभिङ टुगेदरका नाममा केटा–केटी एउटै कोठामा बस्दा असुरक्षित यौनजन्य क्रियाकलापमा संलग्न हुने, कलिलै उमेरमा गर्भधारण हुने, समाजबाट तिरष्कृत भइने डरले असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यताहरू आइपर्छन् । यसले गर्दा विभिन्न यौनजन्य रोगको सिकार हुने सम्भावना प्रबल हुन्छ ।

सानै उमेरमा यौनजन्य क्रियाकलापमा संलग्न भएका युवतीमा पछि गएर पाठेघरको क्यान्सर, बाँझोपनको सम्भावना बढी हुन्छ । यसबाहेक सामाजिक, आर्थिक, सांस्कृतिक एवम् मानसिक विचलनको समेत सामना गर्नुपर्ने हुन्छ । यस विषयमा अभिभावक लगायत सबैजना सचेत हुनु जरुरी छ ।

समयको परिवर्तित परिस्थितिअनुसार नेपाली समाजको सोचाइमा व्यापक रूपमा परिवर्तन हुँदै आएको छ । यही परिवर्तनको परिणाम स्वरूप आम जनजिब्रोको बोलीले लिभिङ टुगेदर नामको नौलो सामाजिक रहनसहनको पद्धति आधुनिकताको नाममा नेपाली समाजमा विगत केही समययता सुशुप्त रूपमा विकसित हुँदै आएको छ ।

बढ्दो शहरीकरण तथा कामको खोजीमा दिनहुँ दुर्गम स्थानबाट सुगमतर्फ बसाइसराइँका क्रममा नेपाल राज्यका अधिकांश भूभागमा दैनिक रूपमा नागरिकको चाप बढ्दै गएको छ । यसका कारण कतिपय अवस्थामा कोठा भाडा लगायतका समस्याले गर्दा साथीका रूपमा एकैै स्थानमा बस्नुपर्ने परिस्थितिको जन्म हुन्छ ।

बढ्दो पश्चिमाकरण या आधुनिकता आजभोली नेपाली समाजमा लिभिङ टुगेदर अर्थात् बिहे नगरी केटा केटीसँगै बस्ने परम्परा बढ्दो छ । जानेर या नजानेर अधिकांश कलेज पढ्ने युवा युवती लिभिङ टुगेदरको सम्बन्धमा रमाइरहेका छन् ।

उजुरीको ओइरो
पछिल्लो समयमा लिभिङ टुगेदरको परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजुरी पनि बढ्न थालेको छ । आयोगको हटलाइन नम्बरमार्फत केही उजुरी दर्ता हुने गरेका छन् भने महिलाहरु साथी, छिमेकी, प्रहरी, विभिन्न संघसंस्था लगायत प्रहरीमार्फत पनि आयोगमा आइपुग्ने गरेका छन् ।

आयोगले त्यस्ता खाले उजुरीको तथ्यांकलाई छुट्टै राख्ने भन्दा पनि घरेलु हिंसाअन्तर्गत नै राख्ने गरेको छ । आयोगको तथ्यांकअनुसार २५ प्रतिशत उजुरी शारीरिक यातनासँग सम्बन्धित छन् ।

त्यस्तै २९ प्रतिशत आर्थिक यातनासँग सम्बन्धित, १० प्रतिशत यौन यातनासँग सम्बन्धित छन् भने ३६ प्रतिशत उजुरी भावनात्मक यातनासँग सम्बन्धित छन् ।

चालु आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि फागुनसम्मको तथ्यांकअनुसार घरेलु हिंसाका उजुरी ८ सय १८ वटा र महिला हिंसाका १ सय ७ गरी जम्मा ९ सय २५ उजुरी परेका छन् । घरेलु हिंसाका उजुरी ८५ प्रतिशत छ भने महिला हिंसाका उजुरी १५ प्रतिशत छन् ।

आयोगमा सबैभन्दा बढी उजुरी दलित जनजाति तथा पिछडिएको समुदायका महिलाबाट पर्ने गरेको पाइएको छ । आयोगका अनुसार सबैभन्दा बढी महिला हिंसाका घटना काठमाडौंमा धेरै हुने घट्ने गरेका छन् ।

त्यस्तै शिक्षित महिलाका घटना फाट्टफुट्ट मात्र पर्ने गरेका छन् भने आयोगमा घटना दर्ता गर्ने महिला बढी अशिक्षित तथा अर्धशिक्षित छन् । आयोगमा सामान्य महिलाका मात्र नभई उच्च घरानीयाका महिलाले समेत उजुरी दिने गरेको पाइएको छ ।

आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरिपाउँ भन्ने खालका उजुरी बढ्न थालेका आयोगका सूचना अघिकारी धु्रवराज क्षेत्री बताउँछन् । ‘दुई जनाको सहमतीमा सँगै बस्न थालेपछि पुरुषले आफ्नो स्वार्थ पूरा गरेर बेपत्ता भइसकेपछि मात्र महिलाहरु आयोगमा आइपुग्छन्’ उनले भने, ‘पहिले सँगै बस्ने, पछि आफ्नो स्वार्थ पुरा गरिसकेपछि काममा जानुछ भनेर बेपत्ता भएका उजुरी आउँछन् ।’

आयोगले उजुरी सुनुवाईका लागि ल्याक, सेर्लड, बार एसोसियसन, साथी लगायतका संघसंस्थाले पनि सहकार्य गरी कानूनी सहायतासमेत गर्दै आएका छन् । हाल सङ्घीयता कार्यान्वयनपछि आयोगले सातै वटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरी सेवा दिने नीति अघि ल्याएको छ भने हाल विभिन्न स्थानीय सङ्घसंस्थामा सहकार्य गरी देशका ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

हाल आयोगले महिलाका लागि मात्र नभई पीडित पुरुषलाई समेत न्याय दिलाउने काम गरिरहेको छ । जसमा हालसम्म दुई प्रतिशत पुरुष मात्र महिला आयोगमा आइपुगेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...