अब १७ मिनेटको यात्रा साँफेबगर-धनगढी !

Sumit airrr

अछाम । अछामको साँफेबगरदेखि कैलालीको धनगढीसम्म पहिलो पटक हवाई सेवा सुचारु भएको छ ।

साँफेबगर बिमानस्थल कालोपत्रे भएपछि शुक्रबारबाट पहिलो पटक हवाई सेवा सुरु भएको हो ।

समिट एयरद्धारा पहिलो पटक धनगढीदेखि साँफेबगरसम्मको दोहोरो उडान भर्न सुरु गरेको छ ।

फागनु २२ गते नेपालगञ्जदेखि साँफेबगर परिक्षण उडान गरेको समिट एयरले शुक्रबारबाट साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो ।

नियमति उडान भएसँगै यस क्षेत्रका स्थानीयलाई आवत जावत गर्न सहज हुने छ ।

पहिलो चरणमा हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने समिट एयरले जनाएको छ ।

यात्रुहरूको चाप हेरेर आगामी दिनमा हप्तामा ४ दिनसम्म उडान भर्न सकिने समिट एयरका प्रतिनिधि दिपक दुवालले जानकारी दिए ।

धनगढीदेखि साँफेबगरसम्मका लागि ३ हजार ३ सय ५० रुपैयाँ भाडादर कायम गरिएको दुवालले बताए ।

नेपाल एयरलायन्सले नेपालगञ्जदेखि साँफेबगरका लागि नियमित उडान भर्दै आइरहेको छ ।

नेपाल एयरलायन्सले हप्तामा दुई दिन आइतबार र बिहीबार उडान गर्दै आइरहेको हो ।

धनगढीबाट प्रदेश ७ का पहाडी जिल्लामा हवाई सेवा सुरु भएको अछाम नै पहिलो जिल्ला हो ।

धनगढी साफेबगर नियमित हवाइसेवा सुरु भएपछि अछामलगायत छिमेकी बाजुरा सम्मका यात्रुलाई आवतजावतमा सजिलो हुनेछ ।

धनगढी साफेबगरको हवाई यात्राको दुरी १७ मिनेटको रहेको छ ।

 

प्रतिकृया दिनुहोस