रुपन्देहीमा प्रदेशस्तरीय सरकारी मेडिकल कलेज स्थापना हुने, प्रधानमन्त्रीले शिलान्यास गर्ने

Kp oli sharma pm

काठमाडौं, चैत । रुपन्देहीमा प्रदेशस्तरीय सरकारी मेडिकल कलेज स्थापना हुने भएको छ । सरकारी मेडिकल कलेजका लागि स्थापना भएको आयोजना कार्यालयको उद्घाटन र मेडिकल कलेज निर्माणस्थलको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दैछन् ।

तिलोत्तमा नगरपालिका वडा नंं १ नयाँमिलदेखि ५ सय मिटर पूर्व प्यारामाउन्ट टोलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको हो ।

योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुने छ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । डिपिआर लगत्तै २ सय बिगाहा क्षेत्रफलमा तत्काल २ वटा ठूला–ठूला भवन बन्ने छन् ।

मासिक ३५ हजार भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी छ ।

आयोजना कार्यालय स्थापना भएपनि तत्काल फिल्डमा काम भने हुने छैन । धेरैजसो कामहरु कानुनी प्रक्रियामा भएकाले शुरुमा केन्द्रबाटै काम हुने उपसचिव मानबहादुर घिमिरेले बताए ।

गत फागुन ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो ।

आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कामहरु गर्नेछ । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा गरी तीनवटा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

तिलोत्तमा नगरपालिकाको वडा नंं १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको दुई सय बिघाहा जग्गा मेडिकल कलेज बनाउन दिने निर्णय यसअघि नै भइसकेको छ ।

कम्तीमा तीन सय शैयाको अस्पताल बनाएर तीन वर्षसम्म संचालन गरेपछि मात्र मेडिकल कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान अहिले छ ।
यसअघि वरिष्ठ चिकित्सक डा. सरोज वझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

अहिले रुपन्देहीको भैरहवामा युनिभर्सल मेडिकल कलेज र देवदहमा देवदह मेडिकल कलेज गरी दुईवटा निजी क्षेत्रका मेडिकल कलेज सञ्चालनमा छन् भने बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल छ ।

रुपन्देहीमा अहिले ५ नंं प्रदेशका १२ जिल्लासहित प्रदेश ४ का स्याङ्जा, वाग्लुङ तथा भारतीय सीमावर्ती शहरबाट समेत बिरामीहरु उपचार गर्न आउँछन् ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निजी अस्पताल धेरै भएपनि महँगा र विशेषज्ञ सुविधा पर्याप्त नहुँदा रुपन्देहीवासी जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताए ।

प्रधानमन्त्रीले राजमार्ग चार लेन बनाउन शिलान्यास गर्न

पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड चार लेन बनाउन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्दैछन् । मध्यान्ह १२ बजेपछि प्रधानमन्त्री ओलीले बुटवल राजमार्ग चौराहामा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७२ सालमा तयार पारेको रणनीतिक योजना २०७३–०७८ अनुसार पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइनेछ ।

बुटवल–नारायणगढ सडकको १ सय १३ किलोमिटर सडक ३ वर्षभित्र चार लेनको बनाउने योजनाअनुसार प्रधानमन्त्रीले शिलन्यास गर्ने आयोजनाका पश्चिम खण्ड प्रमुख सुरेश न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...