नेपाली सेना भन्छ, विप्लवविरुद्ध सेना परिचालन भएको छैन

Sena kalikot

काठमाडौं । फागुन २८ गते सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधि गनैसमेत रोक लगायो । यसले अनेक त्रास फैल्यायो । अनि बजारमा निस्किएको सेनाको विषयमा पनि अनेक टिकाटिप्पणी पनि गरिए । तर, यी सबैलाई सेनाले अनावश्यक भएको स्पष्टिकरण दिएको छ ।

खासगरी कालिकोटमा विप्लवका विरुद्ध नेपाली सेना परिचालन गरिएको समाचारहरु सार्वजनिक भएपछि नेपाली सेनाले बिहीबार विज्ञप्ती जारी गरेर केही दिनदेखि आइरहेका टीकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सेनाल त्यसका खण्डन पनि गरेको छ ।

नेपाली सेना अहिले पूर्व निर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको स्पष्ट पार्दै भनेको छ,‘वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरूमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरूबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।’

‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारीप्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस