आज जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस मनाइँदै

Rangved diwas

काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न राजनीतिक दलका भात्रृ संस्था र सामाजिक स.घ संस्थाहरुले विविध कार्यक्रम गरी मनाउँदै छन् ।

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रंगभेदको विरोधमा शान्तिपूर्ण ¥यालीमा उपस्थित ६९ जना काला जातिका व्यक्तिहरूलाई तत्कालीन गोरा जातिको सरकारले दमन गरी हत्या गरेको थियो ।

जाति तथा रंगभेद विरुद्धका कार्यहरूलाई अन्तर्राष्ट्रिय स्तरबाटै अन्त्य गर्ने प्रयोजनार्थ ‘सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५’ लागु गरिएको छ ।

नेपालले यस अन्तर्राष्ट्रिय महासन्धिलाई १९७१ मा अनुमोदन गरी पक्ष राष्ट्र भएको छ । घटनाको स्मरण गर्दै दलित समुदायले यो दिवस मनाउँदै आएका छन् ।

सो घटनामा मारिएकाहरुको संवेदनशीलतालाई मध्यनजर गर्दै सन् १९६६ मा संयुक्त राष्ट्रसंघको बैठकले २१ मार्चको दिनलाई विश्वभर जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा मनाउने निर्णय गरिएको थियो । त्यसयता नेपालमा पनि अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस मनाउने गरिएको छ ।

नेपालमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको ६ महिने महाअभियान पनि सुरु भएको छ । महाअभियानको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले मंगलवार शुभारम्भ गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...