होली विषेश : पहाडमा हिजो, तराईमा आज

Holi 7

काठमाडौं । रंङ, अबिर र प्रेम सद्भावको पर्वको रूपमा रहेको होली पर्व तराईमा विहिबार मनाइँदै छ । होली पर्व उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा बुधबार नै मनाइएको छ ।

उमेरको हद र नातागोताको बन्देज समेत नहुने यो पर्व एक–अर्काबीच रङ अबिर छ्यापाछ्याप गरेर मनाइने गरिएको छ । तराईमा यो पर्व विशेषगरी दुई दिन मनाइने गरिन्छ । पहिलो दिनलाई ‘होलिका दहन’ (समत) भन्ने गरिन्छ भने दोस्रो दिनलाई होलीको रूपमा मनाइन्छ । पूर्णिमाको रातको अन्तिम प्रहरमा ‘होलिका दहन’ गर्ने गरिन्छ ।

‘होलिका दहन’ को दिन राति गाउँ टोलका मानिसहरु आ–आफ्नो घरमा पाकेका परिकार, काठ दाउरा र खेतबारीमा लगाइएका अन्नबालीको केही अंश लिएर जम्मा हुने गर्दछन् । परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गरिन्छ ।

‘होलिका दहन’ भइसकेपछि मानिसहरू होलीको गीत गाउँदै आ–आफ्नो घर फर्कन्छन् । ‘होलिका दहन’ भइसकेपछि मात्र होली पर्व सुरु भएको मान्ने गरिएको छ । ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन मिल्दैन ।

विहानै स्नान गरी नयाँ लुगा कपडा लगाइने गरिन्छ र एकले अर्कालाई रङ अबिर लगाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । यस पर्वमा रङ अबिर लगाई मान्यजनबाट आशीर्वाद समेत लिने गरिन्छ ।

यस दिन नातागोता, ईष्टमित्रलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार, फलफूल, बदाम, सुकमेल खान दिई रङ अबिर लगाई सद्भाव र आत्मीयता सटासाट गरिन्छ । यस क्रममा बर्षभरिको रिस, द्वेष, शत्रुतालाई समाप्त पारी मित्रताको भावनालाई यस पर्वले प्रवाह गर्ने जनविश्वास छ । यस पर्वलाई हिरण्यकश्यपु, प्रल्हाद र होलिकासँग जोडेर हेर्ने गरिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...