रंगहरुको पर्व : होस् गरौं रंगले रोग जन्माउन सक्छ

Rang holi

काठमाडौं । बुधबार र बिहीबार नेपालमा एकअर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ । तराई क्षेत्रमा भने पहाडी क्षेत्रमा मनाइएको भोलि मनाउनु प्रचलन छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियालीको पर्व रुपमा पनि मानिन्छ ।

होलीमा रंगको प्रयोग गरिन्छ । तर, रंगले के फाइदा दिन्छ र दिँदैन भने ध्यान दिनुपर्छ । होली खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ । हर्बल रङले छालालाई नोक्सान गर्दैन ।

यस पर्वमा पछिल्लो समय शरीरलाई असर पार्ने घातक रसायन मिसिएका रङहरूको प्रयोग बढ्दै गएको छ । हामीले रगाइने रंगमा हुने विभिन्न किसिमका केमिकलहरुले हाम्रो छालालाई मात्र हैन भित्री अंगहरुलाई समेत गम्भीर असर गर्ने गर्छ ।

छालाको रोग भएकाले होली खेल्दा विशेष ध्यान दिनुपर्छ । छालालाई रङको प्रभावबाट बचाउन सनस्क्रिन वा भिटामिन ‘ई’युक्त क्रिम अथवा म्वइस्चराइजर लगाउनुपर्छ । यसो गर्नाले छालामा रासायनिक प्रभाव कम हुने हुन्छ ।

होलीमा मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर रंगिन बन्छन् । मीठा खाने कुराहरू पनि खाइन्छ । रङ लगाएर एकअर्कामा आत्मीयता साटासाट गरिन्छ । जसले गर्दा जुनसुकै उमेर समूहका मानिसहरु पनि होलीमा रंग लगाएर रमाउने गर्छ । तर खुसी र उमंगका लागि लगाइने रंगहरुले हाम्रो स्वास्थ्यलाई गर्ने असरबारे धेरैलाई थाहा नहुन सक्छ ।

होलीमा छालालाई रङको प्रभावबाट जोगाउन शरीर ढाक्ने गरी पहिरन लगाउनुपर्छ । हात र नङलाई रङबाट बचाउन क्रिम वा म्वइस्चराइजर लगाउनुपर्छ । म्वइस्चराइजरले छालालाई सुक्खा हुनबाट जोगाउँछ र छालामा लागेको रङ छिट्टै जान्छ ।

जतिबेला अहिले जस्तो व्यावसायिक रूपमा रङ उपलब्ध हुँदैन थियो । त्यतिबेला होलीमा पानको पातबाट, गुलाबपत्र, सयपत्री, पालुंगो, बेसार, मेहदी आदिबाट तयार पारिने प्राकृतिक रङ एकापसमा दलेर होली मनाइने गरिन्थ्यो ।

विभिन्न थरीका रङहरू प्रयोग गरेर मनाइने रङहरूको पर्व होलीमा रातो, नीलो, कालो, हरियोलगायतका रङले शरीरमा तत्कालै वा दीर्घकालमा असरहरू पर्ने गर्छ । हामीले प्रयोग गर्ने रङहरू बनाउँदा ९० प्रतिशत घुलनशील तत्त्व प्रयोग गरिएको हुन्छ ।

सुख्खा रङ बनाउन सिसा, मर्करी, पेट्रोलियम उत्पादनजस्ता स्वास्थ्यका लागि हानिकारक तत्त्व प्रयोग गरिएको हुन्छ । यसरी रसायनहरूको मिसावटबाट बनाइने रङहरूमा एस्वेस्टस र सिलिकाजस्ता तत्त्व पनि हुन्छन्। यी तत्वले आँखा र छालामा संक्रमण गर्नुका साथै दम, खोकीजस्ता रोगलाई जन्म दिन्छ ।

होलीमा प्रयोग गरिने रङ र यसमा प्रयोग गरिने रसायनहरूले गर्भवती महिलालाई पनि असर गर्छ । जसले गर्दा समय अगावै बच्चा जन्मने सम्भवना धेरै हुन्छ । कालो रङमा लेड अक्साइड मिसाइएको हुन्छ । यो रसायन निलेमा वा श्वासद्वारा लिए घातक हुन सक्छ। यसले छाला, आँखा, श्वासनली, फोक्सो, मस्तिष्क, आन्द्रा, मिर्गौला र रगतमा घातक असर गर्छ ।

एलर्जी, छाला सुन्निने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला खराब हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड नामक रसायनको प्रयोगबाट हुन्छ ।

रङ लगाएको दश पन्ध्र मिनेटपछि पखाल्नुपर्छ। चिल्लोयुक्त साबुन वा फेसवासले रङ पखाल्ने गर्नुपर्छ। रसायनयुक्त रङहरूले कपालमा असर गर्ने हुँदा होली खेल्नु अगाडि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ । यसले रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...