होली उत्सव : मन मिलेकाबीच अबिर दलेर फागुु पर्व मनाइँदै

Holi festival

काठमाडौं । फाल्गुण शुक्ल पूर्णिमाका दिन आज राजधानी तथा मुलुकका पहाडी भेगमा मन मिलेकाबीच अबिर दलेर फागुु पर्व मनाइँदैछ । आज सरकारले उपत्यका र पहाडीजिल्लामा सार्वजनिक विदा पनि दिएको छ ।

होलीमा पनि विभिन्न लुगा लगाउने फेसन बढ्दो छ । यस पर्वमा विशेष गरेर सेतो रङका लुगा लगाउने प्रचलन छ । होलीमा ‘ह्याप्पी होली’, ‘दाजुभाइ होली’, ‘होली खेलौँ’, ‘रमाइलो होली’, ‘होली है’लेखिएका सेतो रङका टिसर्ट लगाउने प्रचलन बढेको पनि बढेको छ ।

होलीमा सेतो रङका ‘प्रिन्टेड टिसर्ट’ र ‘ग्रन्ज पेन्ट’ राम्रो सुहाउँछ । होली खेल्दा आफूलाई ‘फेसनेबल’ र ‘युनिक’ देखाउन चाहनेका लागि यो पर्व राम्रो अवसर हो ।

होली मनाउन विभिन्न समूह बनाएर खेल्ने प्रचलन अचेल निकै बढ्दो छ । होली खेल्दा अबिर र पानीसँग नाच्ने, गाउने भएकाले यो बेला हलुका पहिरन राम्रो हुने फेसन डिजाइनरहरुको भनाई छ । सेतो रङको कुर्ती, सुरुवाल र रातो रङको सल लगाउँदा ‘ट्रेडिसनल लुक्स’ देखिन्छ । कुर्ता लगाउँदा सालीन र फेसनेबल देखिने तथा खुला लुगा लगाउन रुचाउनेहरूको रोजाइमा पटेला कुर्ता सेट पर्ने गरेको छ ।

वसन्त ऋतुलाई कामवासनायुक्त मानिन्छ । काठमाडौँको हनुमानढोका दरवारस्थित मोहनकालीचोकमा भगवान् कृष्णको मूर्तिका साथमा वरिपरि अर्धनग्न अवस्थाका नौ गोपिनीको मूर्ति स्थापना गरेर वसन्तपुर दरवार परिसरमा रङ्गीचङ्गी कपडाको चीर ठड्याएपछि यो पर्व सुरु हुन्छ ।

फाल्गुण शुक्ल अष्टमीका दिन धायलख्वाका मानन्धर समूहले यो चीर ठड्याउँछन् भने मोहनकाली चोकमा दरवारका पर्व पूजा संयोजक मिठाराम पुडासैनी र पुरोहितले कृष्ण र गोपिनीको मूर्ति स्थापना गरेर पूजाअर्चना गर्नुहुन्छ । यसै दिनदेखि यहाँ पर्वको उमङ्ग सुरु हुन्छ । यसै दिन भक्तपुरको दत्तात्रय मन्दिरको दलिनमा उत्तेजित अवस्थाको काठको अजङ्गको लिङ्ग र रातो कपडाको अजंगकै योनी आकृतिलाई समागम स्वरूपमा राखेपछि पर्वको सुरुआत हुन्छ । फागु पर्वमा शिक्षण संस्था बन्द हुने भएकाले कतिपय शिक्षण संस्थाका विद्यार्थी मन मिल्ने साथीसङ्गीबीच अबिर दलेर फागु खेल्छन् ।

रानीपोखरीस्थित सोह्रहाते गणेशलाई पनि अबिरपानीको लोला प्रहार गर्दै अबिर चढाइएको छ । यस पर्वका अवसरमा घर जान नपाएका तराईबासीले काठमाडौँ उपत्यकामै आपसी सदभावका साथ फागु खेल्ने छन् । ओम् बोलबम कावँरिया संघका अध्यक्ष सुनिल ठाकुरका अनुसार बोलबम, विश्वकर्मापूजा र छठ जत्तिकै यो पर्व बिहीबार धुमधामसाथ यहाँ मनाइँदैछ ।

छोरा प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको काखमा प्रह्लादलाई सुताएर आगोमा दहन गर्न खोजेका थिए तर प्रह्लाद सकुशल रहे भने होलिकाको मृत्यु भयो । यसै खुसियालीमा पौराणिक कालदेखि यो पर्व मनाइँदै आएको शास्त्रमा वर्णन गरिएको छ ।

तराई क्षेत्रमा भने भोलिपल्ट यो पर्व मनाउने प्रचलन छ । फागु पूर्णिमा पूर्वी फाल्गुनी नक्षत्रमा लाग्ने हुँदा यसको स्वामी शुक्रग्रह रहेकाले यो पर्व रतिराग, प्रेम, सौन्दर्य र यौवनतासँग जोड्ने गरिन्छ । यही बेला वसन्त ऋतुको आगमन हुने भएकाले वसन्तोत्सव वा मदनोत्सवको रूपमा पनि यो पर्व मनाइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...