आफ्नै घरमा पालेको गोरुले हान्दा मालिकको मृत्यु

Mirtu  goru

उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ भोर्लेमा घरमै पालेको गोरुले हान्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार ५० वर्षे तीर्थबहादुर तामाङको आइतबार दिउँसो मृत्यु भएको हो ।

राईका अनुसार तामाङले घरमै पालेको गोरु फुकाउने क्रममा गोरुले हानी घम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको क्रममा विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तामाङको शव पोष्टमाटको लागि कटारी अस्पतालको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस