विप्लव र प्रकाण्डको पछिपछि प्रहरी : सिन्धुलीमा विप्लव, दाङमा प्रकाण्ड

Bipla prakanda

काठमाडौं । सरकारले फागुन २८ मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएपछि सरकारले बिभिन्न तहका ८४ जना नेता तथा कार्यकर्ता लाई पक्राउ गरेको छ ।

देशका बिभिन्न भागबाट सो पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गरी राज्य बिरुद्धको अपराधमा कारवाही गर्ने तयारी गरेको छ । त्यति मात्रै होइन, नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव र प्रवक्ता खड्कबहादुर बिश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुँचभित्र नै सुरक्षा निकायको दावी छ ।

सुरक्षा स्रोतका अनुसार विप्लव अहिले सिन्धुलीमा छन् । सिनधुलीमै बसेर उनले आफ्ना कार्यकर्तासँग भेटघाट गरिरहेका छन् । विप्लव सिन्धुली भएको जानकारी पाएपछि बिप्लवको गतिबिधिलाई नजिकबाट निहालिरहेको सुरक्षा स्रोतको दावी छ । विप्लव सिन्धुलीमा रहे पनि उनका गतिविधि कुनै हिंसात्मक नरहेको निष्कर्ष सुरक्षा अधिकारीको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई बिप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।

यता, सो पार्टीका प्रवक्ता बिश्वकर्मा अहिले दाङमा छन् । दाङमा कुनै शंकाष्पद गतिविधि रहे नरहेको बुझ्न जिल्लाको सुरक्षा निकाय तीव्र रुपमा लागेको छ । उनको गतिविधि गतिबिधिलाई समेत निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...