चोरीका ७० लाखका सामानसहित ३ भारतीय पक्राउ, चोरीको काइदा यस्तो !

Pakrau saman

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा दिनदिनै हुने चोरीका घटना समान्य बन्दै गएका छन् ।

तर, शुक्रबार प्रहरीले व्यापारिक घरानाका पोद्धार समूहको नाम लिएर दिनभर रेकी गर्ने र राति आफ्नै गाडी, ट्याक्सी र मोटरसाइक प्रयोग गरेर चोरी गर्ने एक भारतीय समूहलाई पक्राउपछि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भई हाल काठमाडौं पुरानो बानेश्वर डेरा गरी बस्ने ३५ वर्षीय पारस प्रसाद, ३२ वर्षीय सन्तोष पोद्दार र रामेछाप सुनापाती–५ घर भएका ३२ वर्षीय ओमराज श्रेष्ठ रहेका छन् ।

समूहका अन्य चार जना भने फरार रहेको प्रहरीको भनाइ छ । उनीहरूलाई प्रहरीले फागुन २८ मा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले जानकारी दिए ।

उनीहरूले चोरी गरेका बाथरुम तथा धारामा प्रयोग गरिने सामान, चाँदीका विभिन्न किसिमका भाडाकुँडा ९ किलो ५ सय ग्राम र पचास हजारभन्दा बढी नगद रुपैयाँ तथा सामान चोरी गर्ने प्रयोग भएको बा १४ च ७२६९ नम्बरको भ्यान, बा १ ज ११९३ नम्बरको ट्याक्सी र बा ८० प १५४० नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ ।

एसपी सिंहका अनुसार उनीहरूले चोरी गरेको सामानको मूल्य ७० लाख बराबरको रहेको बताए ।

काठमाडौं धुम्बाराहीस्थित दीपक श्रेष्ठको घरमा रहेको कर्णप्रसाद चौलागाईले सञ्चालन गरेको रिजन इन्टरप्राजेज हार्डवेयर पसलबाट फागुन २१ गते साँझ ८:३० मा चोरी भएको  थियो । सटरमा प्रयोग गरेको ताल्चा नै फोडेर उनीहरूले चोरी गरेका थिए ।

चौलागाईंको पसलबाट चोरी गर्ने समूहले विभिन्न कम्पनीका धारा तथा अन्य हार्डवेयरका सामग्री लिएका थिए ।

चौलागाईंले चोरी गरेका सामान ट्याक्सीमा हालेर लिएको उजुरी प्रहरीमा दिएपछि प्रहरीले अनुसन्धानलाई गम्भीरताका साथ लियो ।

घटनाको अनुसन्धानमा महाराजगंजका प्रहरी नायव उपरीक्षक (डिएसपी) फणिन्द्र प्रसाई आफैँ लागेका थिए ।

प्रसाईंले २१ गते ८:३० बजे उक्त रुट हुँदै चलेका ट्याक्सीको निगरानी गरे उक्त सयमयमा चलेका ट्याक्सीलाई सिसी क्यामेरामा हेरे । प्रसाईंका अनुसार उक्त समयमा १० वटा ट्याक्सी चलेको पाएपछि १० ट्याक्सीको नम्बर हेर्दै चालकसम्म पुगे ।

१० वटा ट्याक्सी चालकलाई प्रहरी कार्यालयमा बोलाएर अनुसन्धान गर्दा बा १ ज ११९२ नम्बरको ट्याक्सी चालकमाथि शंका लागेपछि उनलाई नियन्त्रणमा लिएका थिए ।

पछि अनुसन्धान गर्दै जाँदा उनको बयानअनुसार काठमाडौं महानगरपालिका-३१ डेरा गरी बस्ने पारसप्रसाद र सन्तोष पोद्दार रहेको खुलेको हो ।

प्रहरीका अनुसार पारस प्रसादको समूह चार वर्षदेखि चोरीमा संलग्न रहेको खुलेको छ । चोरीमा प्रयोग भएका भ्यान, ट्याक्सी र मोटरसाइकलसमेत उनीहरूकै रहेको प्रसाईंले बताए ।

प्रहरीका अनुसार उक्त समूहले उपत्यकाका विभिन्न ठाउँमा रहेका हार्डवेयर ज्वेलर्स लगायतका पसलहरूमा दिनभर ग्राहक बनेर जाने गर्थे ।

विभिन्न वहानामा पसलभित्रै पसेर सामानको रेकीसमेत गरेर फर्किने गरेका थिए। अनि राति फोड्न सजिलो पसलहरूमा भ्यान, ट्याक्सी र मोटरसाइकलमा ताल्चा फोड्ने औजार लिएर जाने गरेको प्रहरीको भनाइ छ ।

चोरीपछिको सामान ट्याक्सी र भ्यानमा राखेर गोदाममा र्पुयाउने गरेको डिएसपी प्रसाईंले बताए । पारसप्रसाद बस्ने घरनजिकै चोरीका सामान राख्ने गोदामसमेत बनाएको प्रहरीको भनाइ छ ।

प्रहरीले गोदामबाटै उक्त सामान बरामद गरेको हो । डिएसपी प्रसाईंका अनुसार उनीहरूले चोरी गरेरै काठमाडौंमा घडेरीसमेत किनेको खुल्न आएको र यसबारे थप अनुसन्धान भइरहेको बताए ।

चोरीमा संलग्नमाथि संगठित चोरी र डकैती मुद्दा दर्ता गरी अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...