'निरन्तर अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय तयार छ' : मन्त्री यादव

Matrika yadav

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उनले चाडबाड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

मन्त्री यादवले भने, 'पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै नै बेथिति देखिएकाले यसको पनि नियमित अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय सहयोग गर्न तयार छ ।'

रकमको हिसाबले धेरै थोरै जे भए पनि उपभोक्तालाई ठगी गर्नेहरु सबैभन्दा ठूलो भ्रष्टाचारी भएको उल्लेख गर्दै उनले त्यस्ता व्यक्ति र निकायलाई कानूनी कारवाहीको दायरामा ल्याउन सबैको साथ र सहयोगको आवश्यकता छ भने ।

मन्त्री यादवले सरकारले विगतको एक वर्ष काम गर्ने खाका तयार गरेको भन्दै आगामी चार वर्ष जनताको चाहनाअनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले गत कात्तिकदेखि नयाँ ऐन कार्यान्वयनका आएपछि अनुगमन अधिकृतहरुलाई बजार अनुगमन गर्न सहज भएको बताए ।

नयाँ ऐनअनुसार अनुगमन अधिकृतले गलत साबित गरे आवश्यकतानुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने व्यवस्था छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सबै स्थानीय तहमा उपभोक्ता सचेतना केन्द्र स्थापना हुनुपर्नेमा जोड दिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवकोे हालसम्ममा १०५ व्यवसायको अनुगमन गरी कारवाही स्वरूप रु २५ लाख असुल गरेको छ ।

यसअघि उपभोक्ता अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित ¥याली निकालिएको थियो ।

सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष पनि ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार ; हामी सबैको सरोकार भन्ने’ मूल नाराका साथ मनाउने तयारी विभागले गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...