विश्वकै सर्वोत्कृष्ट फोटोकपी पेपर काठमाडौंमा

Urope paper

काठमाडौं । युरोपमा रुचाइएको ‘आइ क्यु प्रिमियम’ र ‘माएस्ट्रो सुप्रिम’ फोटोकपी पेपरको आज (शुक्रबार) देखि काठमाडौंमा बिक्री सुरु भएको छ । फोटोकपी पेपर अष्ट्रियाको मोन्डि गुरुपले उत्पादन गर्दै आएको छ ।

ननकोटेडमा विश्वकै सर्वोत्कृष्ट कागज दावी गरिएको मोन्डि गुरुपको फोटोकपी पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले काठमाडौंमा भित्रयाएको हो ।

रंगिन फोटोकपी, फोटो छपाइ, विभिन्न प्रकारका प्रतिवेदन र किताब छपाइमा पेपरको प्रयोग गर्न उपयुक्त हुने कम्पनीको दावी छ ।

सो पेपरमा प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरीय फोटो छपाइ गर्न सकिने कार्यक्रममा जानकारी दिएको छ सो पेपर दराज अनलाइन मार्फत बिक्री गरिने भएको छ ।

कार्यक्रममा एक्सेल इन्टरप्राइजेजका निखिल ओझा तथा ग्रिन एन्ड क्लिन कम्पनीका सकिल अहमद खानले पेपरको विशेषताबारे जानकारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...