अख्तियारद्धारा नासुसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Adalat on

काठमाडौं । मालपोत कार्यालय रंगेली, मोरङका नायब सुब्बा प्रदीप घिमिरेसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

मोरङको साविक सिजुवा गाविस ८ मा रहेको जग्गाको मूल्य कम मूल्यांकन गरी राजश्वसमेत घोटाला गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।

कार्यालयका अर्का नायब सुब्बा देवीप्रसाद लुइटेल, सिजुवा गाविसका बहिदार नन्दलाल राजबंशी, रतुवामाई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दानालाल रावबंशी, साविक इटहरी गाविसका जग्गा विक्रेता दुर्गा निरौला, धरानको धरान उपमहानगरपालिका १८ का जग्गा खरिद गर्ने हस्तराज ओखराबु (लिम्बू) र पथरी शनिश्चरे नगरपालिका १ का जग्गा खरिदकर्ता सूर्यबहादुर श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।

तत्कालीन अवस्थामा ३३ लाख ३७ हजार ५ सय रुपैयाँ पर्ने जग्गालाई २९ लाख ९० हजार मात्र देखाई राजश्व छलेको अख्तियारले जनाएको छ ।

विस २०७४ साल माघ ३ गते कारोबार भएको उक्त जग्गाको २९ लाख ९० हजार थैली राखी रजिष्ट्रेशन पारित गरी ५ प्रतिशत पूँजीगत लाभकरसमेत घोटाला गरेको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...