पोखरा प्याराग्लाइडिङ : 'अब म्याद हैन जरिवाना', थप २०% कर

Paraglider

पोखरा । पोखरामा उडान भर्ने कम्पनीहरूले राज्यलाई नै बाइपास गरिरहेका छन् ।

प्याराग्लाइडिङ उडानको लागि विश्वकै दुर्लभ मानिने प्याराग्लाइडिङ कम्पनीहरूले उडान बापतको कर राज्यलाई नतिरी आफूखुसी प्याराग्लाइडिङ गर्दै आएका हुन् ।

दुई हप्ताअघि मात्रै सबै कर तिरिसक्नु भनेर पोखरा महानगरले पोखरामा रहेका सबै प्याराग्लाइडिङ कम्पनीलाई पत्रचार गरे पनि उनीहरूले टेरेनन् ।

अन्तिम समयमा आएर एक हप्ताको म्याद थप्न पोखरा महानगरलाई आग्रह गरे ।

महानगरले एक हप्ताको म्याद थपिदियो । तर, उक्त एक हप्ते म्याद पनि गएको मंगलबार सकियो ।

केहि वर्ष यता कर नै नतिरी निर्वाद रुपमा प्याराग्लाइडिङ उँडान गरिरहेकाहरूलाई म्याद थप्दै महानगरले ढाडस दिइरह्यो ।

अबको दिनमा भने महानगरले पनि म्याद थप गर्न नसक्ने निर्णय गरेको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

‘भोली (शनिबार) राजस्व परामर्श समितिको बैठक छ,’ उनले भने, ‘महानगर यतिसम्म लचक हुँदा पनि अटेर गर्नेलाई म्याद थप हैन कर नै थप हुन्छ ।’

उनका अनुसार एकहप्ते म्यादमा कर नतिर्ने कम्पनीले अब कर बुझाउँदा जम्मा करको २० प्रतिशत थपेर तिर्नुपर्ने हुन्छ ।

प्रत्येक कम्पनीले वार्षिक रुपमा करबापत एक लाख २५ हजार रुपैयाँ पर्यटन वापत कर तिर्नुपर्नेहुन्छ ।

एक लाख २५ हजार रुपैयाँ मध्ये २५ हजार महानगरलाई र एक लाख प्रदेश सरकारले तोकेको पर्यटन शुल्क शिर्षकको हो ।

सो रकम वडा कार्यालयले वा पोखरा महानगरपालिका जहाँ बुझाए पनि हुने उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई कर बापत जम्मा पाँच हजार पाँच सय रुपैयाँ मात्र बुझाउँथे ।

पछि बढेर आर्थिक वर्ष २०७४/०७५ मा बढेर वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा बढेर प्रदेश सरकारले पर्यटन शूल्क शिर्षकमा एकमुष्ट एक लाख २५ हजार रुपैँया बुझाउनुपर्ने नीति ल्याएको हो ।

उक्त म्यादमा कर तिर्नुपर्ने ४० कम्पनीमध्ये १० वटा कम्पनी मात्रै करको दायरामा आए ।

त्यसबाहेक २० वटा कम्पनी केहीले फोनमा त केहिले कार्यालयमै आएर सम्पर्क गरेको नेपालीको भनाई छ ।

कर तिर्ने १० कम्पनीमध्ये माउण्ट भ्यु प्याराग्लाइडिङ कम्पनीले भने यो एक हप्ते म्याद भन्दा पहिले नै कर तिरेको धेरै प्याराग्लाइडिङ उडान हुने सरांकोट पर्ने पोखरा १८ का अध्यक्ष रणबहादुर थापाले बताए ।

पोखरा महानगरका प्रमुख प्रशाकिय अधिकृत शेषनारायण पौडेलका अनुसार करको दायरामा नआउनेहरूलाई कारबाहीको दायरामा ल्याउन नगरप्रमुखसँग छलफल गरेर निर्णय हुनेछ ।

पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको लागि भने नेपाल नागरिक उड्ययन प्राधिकरण पोखरामा दर्ता हुने कम्पनीको संख्या ६० कटेको छ ।

यो मध्ये पनि ५६ वटाले पोखरा महानगरपालिकाबाट पनि स्वीकृत लिएका छन ।

महानगरपालिकाबाट स्वीकृत लिने मध्य पनि ४० वटा कम्पनीका प्याराग्लाइडिङ मात्रै पोखराको आकाशमा व्यावसायिक उडान भरिरहेका छन् ।

पोखरामा सरकाङ्कोटसँगै तोरीपानी र मान्द्रे ढुंगाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान भर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...