रुकुम पूर्वमा अझैं कायम छ बालीघरे प्रथा

Baghigare partha

रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ रुमालबाराका डिलबहादुर विक वर्षौंदेखि फलामका विभिन्न सामग्री बनाउँदै आएका छन् । अहिले पनि उनलाई यो पेशा जीवन जिउने गतिलो आधार बनेको छ ।

पुख्र्यौली पेशा उहाँले बचाई राखेका छन् । बाबुबाजेले गरेको काम हेरेर सिकेको सीपलाई उनले निरन्तरता दिएका छन् । यो पेशाले उहाँलाई न कुनै आत्मग्लानी छ, न त कुनै दुःख ।

दिनभरि उनले गरेको कामको ज्याला कति होला ? सबैलाई आश्चर्य लाग्न सक्छ । कामदारले त एक दिन काम गरेवापत पाँच सय ज्याला पाउँछन् । तर उनले एक वर्ष काम गरेवापत दुई ‘सिजन’को दुई डोका अन्न पाउँछन् । यही अन्नले उनले परिवार चलाउका छन् ।

दुई सिजन (मकै र गहुँ पाक्ने समय) उनको वर्षभरिको ज्याला उठाउने समय हो । मकै र गहुँ पाक्ने यी दुई सिजनमा जजसका फलाम पिट्छन्, तिनै घरमा डोको बोकेर आफ्नो ज्याला लिन पुग्छन् ।

घरायसी प्रयोजनमा आउने सामग्री बनाउने, गहुँ, मकै रोप्ने लगायतका काम उनले गर्छन् । सोही काम गरेवापत उनले एक घरबाट दुई सिजनको दुई डोका मकै र गहुँ पाउँछन् । उमेरले ५० कटिसकेका विकले सानै उमेरमा बाबुसँगै फलामका सामग्री बनाउन सिकेका थिए ।

‘एक डोको मकै र गहुँमा वर्ष दिन काम गर्छौँ’, विकले भने, ‘पुख्र्यौली पेशा हो, छाड्न मन लाग्दैन, पेशा जस्तोसुकै किन नहोस्, आफ्नो पुख्र्यौली पेशाको खुब माया लाग्छ, अनि आफ्नो पेशाप्रति गर्व पनि गर्दछु ।’

भुमे गाउँपालिका–२ गाबाङका पदम कामीले पनि फलाम पिटेरै आफ्नो परिवार चलाउँदै आएका छन् । उनी बिहानै आरनमा पुग्छन् । चिसो मौसमा आगो ताप्दै फलाम पिट्छन् । पाँच सदस्य रहेको परिवार उनले अहिलेसम्म फलाम पिटेरै चलाएका छन् । उनले पनि वर्ष दिन फलाम पिटेर एक डोको मकै र एक पाथी गहुँ पाउँछन् । उनको खेतबारी पनि धेरै छैन । बालीघरेबाट जुटेको अन्नले नै परिवार चलेको छ ।

हँसिया, कुटोकोदालो, खुकुरी, बञ्चरोलगायतका सामग्री बनाउने गरेको उनले बताए । ‘गुजारा चलाउन गाह्रो छैन’, कामी भन्छन्, ‘तर, कमाइ कत्ति पनि हुँदैन ।’ पैसा लिएर फलाम पिटाउन आउने निकै कम मात्रामा रहेको र गाउँका सबैले अन्नबाटै फलाम पिटाउने गरेको उनले बताए ।

पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका पञ्चाराम विक पनि बिहानै उठ्छन् । चियानास्ता खाएर घर नजिकै रहेको आरनतिर लाग्छन् । दिनभर फलामका विभिन्न सामग्री बनाउने काम गर्छन् । यसरी नै उनको दैनिकी बितिरहेको छ । वर्ष दिन फलाम पिट्दै रमाउने उनी गाउँमा बाली भित्र्याएको थाहा पाएपछि डोको बोकेर अन्न लिन घरघरमा पुग्छन् ।

उनीहरु जस्तै यहाँका अधिकांशले वर्ष दिन फलाम पिटेर प्रतिघर एक डोको मकै र गहुँ लिँदै आएका छन् । उनीहरु आसपासका गाउँलगायत टाढाटाढाका गाउँसम्म काम गर्न पुग्छन् । जिल्लाका अधिकांश दलित समुदायका बुढापाका अझैसम्म बालीघरेमै आफ्नो पौरख बगाइरहेका छन् ।

पुस्तौंदेखि चल्दै आएको आरन व्यवसाय पछिल्लो समय समयअनुसार फेरबदल हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । अहिलेको नयाँपुस्ताले यसलाई चासो दिन छाडेका छन् । काम गर्दै आएकाको पनि उमेरले नेटो काट्दै गएको छ । नयाँले सीप सिक्न नचाहने र पुरानाले व्यवसाय छोड्दै जाँदा यो व्यवसाय धरापमा छ ।

अशिक्षा र गरीबीकै कारण उनीहरुले पेशालाई नयाँ रूप दिन नसकेको दलित अगुवा बताउँछन् । पुख्र्यौली पेशालाई छोड्न नचाहँदा थोरै अन्नमा श्रम बेच्न बाध्य भएको स्थानीयवासी दलित समाजका अगुवा सूर्यबहादुर नेपालीले बताउँछन् । वैकल्पिक रूपमा यस व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने उनको भनाइ छ ।

सिस्ने गाउँपालिकाले भने गत वर्ष र यस आर्थिक वर्षमा वडा नं ४ अमलाचौर र ५ को रुकुमकोटमा आरन सुधार तालीम सञ्चालन गरेको छ । अमलाचौरमा एउटा आरन स्थापना गरिदिएको गाउँपालिकाले जनाएको छ । यस पेशालाई जोगाइराख्न तथा व्यवसायीकरणमा सहयोग होस् भन्ने हेतुले तालीम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् ।

उनीहरुका लागि यति मात्र पर्याप्त नभएकाले पेशालाई आधुनिक बनाउनेतर्फ नीति बनाएर अगाडि बढ्ने उनले जानकारी दिइन् । जिल्लाको भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाले पनि नीतिगत रूपमै उनीहरुलाई माथि ल्याउने कार्यक्रम बनाएर अगाडि बढ्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...